१० महिनामा २४ अर्बबढीको मोबाइल आयात, साढे ४ अर्ब राजश्व संकलन

काठमाडौँ । पछिल्लो १० महिनामा २४ अर्बबढीको मोबाइल आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्मको अवधिमा २४ अर्ब १ करोड रुपैयाँ बराबरको १५ लाख २८ हजार थान मोबाइल आयात भएको हो । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा विभिन्न देशबाट २४ अर्बबढीको मोबाइल आयात हुँदा ४ अर्ब ४६ करोड रुपैयाँ राजश्व संकलन भएको […]

May 25, 2025 - 08:11
 0
१० महिनामा २४ अर्बबढीको मोबाइल आयात, साढे ४ अर्ब राजश्व संकलन

काठमाडौँ । पछिल्लो १० महिनामा २४ अर्बबढीको मोबाइल आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्मको अवधिमा २४ अर्ब १ करोड रुपैयाँ बराबरको १५ लाख २८ हजार थान मोबाइल आयात भएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा विभिन्न देशबाट २४ अर्बबढीको मोबाइल आयात हुँदा ४ अर्ब ४६ करोड रुपैयाँ राजश्व संकलन भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा यस वर्ष ४ अर्ब ७५ करोड रुपैयाँले मोबाइल आयात घटेको देखिएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को १० महिनामा २८ अर्ब ३६ करोड रुपैयाँ बराबरको १७ लाख ८५ हजार थान मोबाइल आयात भएको थियो । सो अवधिमा ५ अर्ब ३६ करोड राजश्व संकलन भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register