झापाको कनकाईबाट हवाइ फायर गरेर ठूलो परिमाणमा ब्राउनसुगर बरामद

झापा, २२ बैशाख । झापाको कनकाई नगरपालिकाबाट हवाई फायर गरेर प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । झापाको कनकाई–५ स्थित सुरुङ्गा–झापा सडक खण्डमा शरणामतिबाट सुरुङ्गातर्फ आउँदै गरेको बीआर ३७ टी ९१९८ भारतीय नम्बरको मोटरसाइकलमा रहेको झोलाबाट अन्दाजी दुई सय ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले [...] The post झापाको कनकाईबाट हवाइ फायर गरेर ठूलो परिमाणमा ब्राउनसुगर बरामद appeared first on Jhapa Online.

May 5, 2025 - 09:05
 0
झापाको कनकाईबाट हवाइ फायर गरेर ठूलो परिमाणमा ब्राउनसुगर बरामद

झापा, २२ बैशाख । झापाको कनकाई नगरपालिकाबाट हवाई फायर गरेर प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।

झापाको कनकाई–५ स्थित सुरुङ्गा–झापा सडक खण्डमा शरणामतिबाट सुरुङ्गातर्फ आउँदै गरेको बीआर ३७ टी ९१९८ भारतीय नम्बरको मोटरसाइकलमा रहेको झोलाबाट अन्दाजी दुई सय ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उक्त भारतीय नम्बरको मोटरसाइकललाई प्रहरी टोलीले आज बिहान अन्दाजी ८ः४० बजे रोक्न खोज्दा चालकले मोटरसाइकल र झोला छाडेर फरार भएका थिए । प्रहरी टोलीलाई देख्नासाथ फरार भएका मोटरसाइकल चालकलाई रोक्न खोज्दा ३०३ नम्बर राइफलबाट दुई राउण्ड हवाई फायर गरिएको प्रवक्ता खड्काले बताउनुभयो ।

The post झापाको कनकाईबाट हवाइ फायर गरेर ठूलो परिमाणमा ब्राउनसुगर बरामद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register