घट्यो सेयर बजार, १६० कम्पनी राताम्मे

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ९ दशमलव ९६ अङ्कले घटेर २६८८ दशमलव ३२ को विन्दुमा पुगेको छ । मंगलबार ८६ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ । ३१९ कम्पनीको ७१ हजार ६९४ पटकको कारोबारमा २ […]

Apr 22, 2025 - 10:56
 0
घट्यो सेयर बजार, १६० कम्पनी राताम्मे

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ९ दशमलव ९६ अङ्कले घटेर २६८८ दशमलव ३२ को विन्दुमा पुगेको छ ।

मंगलबार ८६ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ । ३१९ कम्पनीको ७१ हजार ६९४ पटकको कारोबारमा २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ रुपैयाँ रहेको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । त्यस्तै, कर्पोरेट विकास बैङ्कका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register