जम्मू–कश्मीर घटनाबारे पाकिस्तानले भन्यो- यसमा हाम्रो कुनै सम्बन्ध छैन, भारतको आन्तरिक मामिला हो

काठमाडौं । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी घटनासँग आफ्नो कुनै सम्बन्ध नभएको जनाएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पहलगाम आक्रमणको बारेमा एक पाकिस्तानको समाचार च्यानलसँग कुरा गर्दै त्यहाँका रक्षामन्त्री ख्वाजा आसिफले यो भारतको आन्तरिक मामिला भएको बताएका हुन् । ‘यस आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध छैन । यो भारतको आन्तरिक मामिला हो,’ उनले भने । […]

Apr 23, 2025 - 07:12
 0
जम्मू–कश्मीर घटनाबारे पाकिस्तानले भन्यो- यसमा हाम्रो कुनै सम्बन्ध छैन, भारतको आन्तरिक मामिला हो

काठमाडौं । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी घटनासँग आफ्नो कुनै सम्बन्ध नभएको जनाएको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पहलगाम आक्रमणको बारेमा एक पाकिस्तानको समाचार च्यानलसँग कुरा गर्दै त्यहाँका रक्षामन्त्री ख्वाजा आसिफले यो भारतको आन्तरिक मामिला भएको बताएका हुन् ।

‘यस आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध छैन । यो भारतको आन्तरिक मामिला हो,’ उनले भने ।

यसैबीच पाकिस्तानी सरकारले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ ।

‘जम्मू–कश्मीरको अनन्तनाग जिल्लामा भएको आक्रमणमा पर्यटकहरूको मृत्यु भएकोमा हामी गहिरो दुःखी छौं । हामी मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दछौं र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

पहलगाममा मङ्गलबार साँझ भएको आतङ्कवादी आक्रमणमा परी कम्तीमा २६ जनाको ज्यान गएको छ । जसमा एक नेपाली सुदीप न्यौपानेले पनि ज्यान गुमाएका छन् ।
यस्तै अर्की नेपाली रेनु पाण्डे घाइते भएकी छिन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register