समाजवादी मोर्चाले भन्यो- उच्छृङ्खल र अराजकताको निन्दा गर्दछौं

काठमाडौं । समाजवादी मोर्चाले उच्छृङ्खल र अराजकताक निन्दा गर्ने बताएको छ। समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरू शुक्रबार साँझ एक  विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । शुक्रबार राजावादी र गणतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा राजावादीबाट उच्छृङ्खल गतिविधि भएको भन्दै  मोर्चाले राजावादीको गतिविधिमा संलग्नलाई कारबाहीको माग समेत गरेको छ। ‘यो उच्छृङ्खल र अराजक कार्यको हामी घोर […]

Mar 28, 2025 - 13:51
 0
समाजवादी मोर्चाले भन्यो- उच्छृङ्खल र अराजकताको निन्दा गर्दछौं

काठमाडौं । समाजवादी मोर्चाले उच्छृङ्खल र अराजकताक निन्दा गर्ने बताएको छ। समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरू शुक्रबार साँझ एक  विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

शुक्रबार राजावादी र गणतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा राजावादीबाट उच्छृङ्खल गतिविधि भएको भन्दै  मोर्चाले राजावादीको गतिविधिमा संलग्नलाई कारबाहीको माग समेत गरेको छ।

‘यो उच्छृङ्खल र अराजक कार्यको हामी घोर भत्सना एवं निन्दा गर्दछौं,’  विज्ञप्तिमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले  ‘पुनरुत्थानवादी र उच्छृङ्खल प्रतिगामी तत्वहरूले अराजकता सिर्जना गर्दै’ अगाडि बढेको  निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ ।

‘यस कार्यमा संलग्न आपराधिक र आततायी तत्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।’

नेकपा एकीकृत समाजवादीको केन्द्रीय, काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवास लगायतमा तोडभोड र आगजनी गर्न पुगेको भन्दै  मोर्चाले सरकारको ध्यानाकर्षण गरेको छ ।

निजी, सार्वजनिक सम्पत्ति, सञ्चार गृह लगायत तोडफोड तथा आगजनी गरेको भन्दै मोर्चाले यस्ता गतिविधिको भर्त्सना गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register