सडक सञ्जालमा सम्पन्न बन्दै कनकाई : दर्जन बढी सडक धमाधम निर्माण हुँदै

चन्द्र बस्नेतकनकाई, ११ चैत । झापाको कनकाई नगरपालिकामा एक दर्जनभन्दा बढी सडकको निर्माण कार्य धमाधम भइरहेको छ । नगरका विभिन्न स्थानमा एक दर्जनभन्दा बढी सडक निर्माणको काम धमाधम भइरहेको कनकाई नगरपालिकाका इन्जिनियर विशाल थेवेले जानकारी दिनुभयो । नगरका विभिन्न स्थानमा स्तरीय कालोपत्रे र पेबर्स सडकहरु निर्माण भइरहेका हुन् । कनकाई नगरपालिका–२ मा जामुनखाडी चोकबाट वनपथ [...] The post सडक सञ्जालमा सम्पन्न बन्दै कनकाई : दर्जन बढी सडक धमाधम निर्माण हुँदै appeared first on Jhapa Online.

Apr 24, 2025 - 10:40
 0
सडक सञ्जालमा सम्पन्न बन्दै कनकाई : दर्जन बढी सडक धमाधम निर्माण हुँदै

चन्द्र बस्नेत
कनकाई, ११ चैत ।
झापाको कनकाई नगरपालिकामा एक दर्जनभन्दा बढी सडकको निर्माण कार्य धमाधम भइरहेको छ । नगरका विभिन्न स्थानमा एक दर्जनभन्दा बढी सडक निर्माणको काम धमाधम भइरहेको कनकाई नगरपालिकाका इन्जिनियर विशाल थेवेले जानकारी दिनुभयो ।

नगरका विभिन्न स्थानमा स्तरीय कालोपत्रे र पेबर्स सडकहरु निर्माण भइरहेका हुन् । कनकाई नगरपालिका–२ मा जामुनखाडी चोकबाट वनपथ मार्ग हुँदै बायोग्यास प्लान्टसम्म पुग्ने सडकमा १ हजार ४सय ५६ मिटर लम्बाइ र ८ मिटर चौडाइ रहेको पेबर्स लगाउने कार्य भइरहेको छ । संघीय पूर्वाधार निर्माण अन्तरगत ३ करोड रुपैयाँ लागत रहेको उक्त सडकको निर्माण युनिक कन्ट्रक्सन प्रालि इटहरीले गरिरहेको छ ।

त्यसैगरी कनकाई वडा नं. ४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्गको करिब पाँच किलोमिटर सडक खण्डको कालोपत्रे गर्ने काम पनि भइरहेको छ । स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा कनकाई–४ र ५ नम्बर वडा हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्गको कालोपत्रे गर्ने काम बैशाख ७ गतेदेखि शुरु भएको हो । कूल ११ किलोमिटर लामो लक्ष्मीमार्गको छ किलोमिटर सडक कालोपत्रेको काम यसअघि नै सम्पन्न भइसकेको छ । बाँकी पाँच किलोमिटर सडकको निर्माण कार्य यही बैशाखभित्र सम्पन्न गर्ने गरी काम भइरहेको कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिनुभयो ।

कनकाई नगरपालिकाको एकल ६५ लाख रुपैयाँको लागतमा ७ सय मिटर , प्रदेश सरकार र स्थानीय तहको साझेदारी अर्थात कनकाई नगरको ४५ लाख त्यसैगरी कोशी प्रदेश सरकारको १ करोड २० लाख रुपैयाँको लागतमा १३०० मिटर र संघीय सरकारको ५ करोड २० लाख रुपैयाँको लगातमा ३२०० मिटर सडक निर्माण भइरहेको इन्जिनियर थेवेले बताउनुभयो । स्थानीय, प्रदेश र संघीय सरकारले छुट्टाछुट्टै बोलपत्र आह्वान गरी ठेक्का लगाएको यो सडक खण्डमा विभिन्न पाँच वटा निर्माण कम्पनीले काम गरिरहेको इन्जिनियर कुशल हुमागार्इंले जानकारी दिनुभयो ।

सडक निर्माण भएपछि राजमार्गसँग यहाँका नागरिकको सिधा पहुँच पुग्ने निश्चित छ । सडक कालोपत्रे नहुँदा यहाँ उत्पादित कृषिजन्य वस्तु बजारसम्म पु¥याउन समस्या थियो । हिउँदा धुलाम्मे र बर्खाका बेला हिलाम्मे हुने यो सडक बनेपछि कनकाई र झापा गाउँपालिकाका हजारौं स्थानीयबासी लाभाविन्त हुने वडा न ४ का वडाध्यक्ष सुवेदीको भनाई छ ।

कनकाई वडा नं. ५ मा रहेको स्वर्गद्वारी मार्गलाई दुईवटा भागमा छुट्ट्याई पहिलो चरणमा ३सय ५० मिटर लम्बाइ र ५ मिटर चौडाइको कालोपत्रे गर्ने काम भइरहेको छ देवीमाता पाथीभरा कनट्रशन प्रालि कनकाई३ ले २८ लाखा ५१ हजार रुपैयाँमा योजनाको सम्झौता गरि काम भईरहेको इन्जिनियर कुशल हुँमगाईले जानकारी दिनुभयो ।उहाँले सोही बाटोको बाकी रहेको ३ सय ८७ मिटर लम्बाई र ५ मिटर चौडाई रहने गरि ४५ लाख ८४ हजार रुपैयाँको लागतमा अर्को टेन्डर आवान गरिएको इन्जिनियर कुशल हुँमगाईले जानकारी दिनुभयो ।

त्यसैगरी, कनकाई वडा नं. ८ र ९ जोड्ने हिमाली मार्गको स्तरोन्नती अन्त्तर्गत४ सय ७७ मिटर लम्बाई ७ मिटर चौडाईका लागि चालू आर्थिक वर्षमा नै सम्पन्न गर्ने गरि मिराहाङ्ग निर्माण सेवा कनकाई ३ ले ३० लाख ३ हजार ९सय ५० रुपैयाँ ३६ पैसामा सम्झौता गरि निर्माण कार्य सुरु गरेको ईन्जिनियर बिष्णुबहादुर आङ्ग्दाम्बेले जानकारी दिनुभयो ।कनकाई वडा नं. ३ बाट २ नम्बर वडा जोड्ने महिला मार्गलाई निरन्तरता दिने क्रममा वडा न ३ भित्र सम्पन्न भएको र यतिबेला बाकी रहेको सोही बाटोको वडा न २ मा ३ सय ३६ मिटर लम्बाई ६ मिटर चौडाइको कालोपत्रेको काम गर्न रोयल ईन्पेरियल किङ कन्ट्र्कशन प्रा लि कनकाई ३ ४० लाख रुपैयाँमा सम्झौता गरी निर्माण कार्य सुरु गरिएको नगरपालिकाले जनाएछ।त्यसैगरी कनकाई–१ स्थित जामुनबारी चोकबाट दक्षिण ज्येष्ठ नागरिक भवन जाने प्लमसहितको उच्च स्तरीय सडक निर्माणको काम पनि धमाधम भइरहेको छ । त्यस्तै, २० लाख रुपैयाँ भन्दा बढीका ९ वटा सडक र २० लाख रुपैयाँसम्मको ४ वटा सडक निर्माण भइरहेको छ ।

त्यसैगरी, सडक मर्मत तथा निर्माणमा नैअन्य वडा गत योजनाका कामहरू पनि अन्तिम –अन्तिममा पुगेको वडागत तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी नगरले सडक संघसंगै नदी नियन्त्रणमा समेत नगरपालिकाले काम गरिरहेको पाईएको छ । कनकाई–२, ४ हुँदै माईखोलाको पूर्वी भागमा कटान नियन्त्रणको काम भइरहेको छ । यस्तै, कनकाई नगरपालिका–१, ३, ७, ५, ६ हुँदै बग्ने सुरुङ्गा खोलाका विभिन्न स्थानमा जालीसहितको तटबन्ध निर्माणको काम भइरहेको छ ।

The post सडक सञ्जालमा सम्पन्न बन्दै कनकाई : दर्जन बढी सडक धमाधम निर्माण हुँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register