ताप्लेजुङमा केबलकारविरुद्ध आन्दोलनरत पक्षबाट वार्ता सहजीकरण समिति गठन

ताप्लेजुङ, ४ चैत । सरकारले पाथीभरा (मुक्कुम्लुङ) मा केबलकार निर्माण विरोधको पक्षमा रहेकालाई लिखित रूपमा पत्र पठाएसँगै आन्दोलनरत पक्षले वार्ता सहजीकरण समिति गठन गरेको छ । आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर दलीय १० सदस्यीय समिति गठन गरेको जनाएको हो । वार्ता सहजीकरण लागि सरस्वता सिंघक (सरु) को संयोजकत्वमा समिति चयन गरेको छ [...] The post ताप्लेजुङमा केबलकारविरुद्ध आन्दोलनरत पक्षबाट वार्ता सहजीकरण समिति गठन appeared first on Jhapa Online.

Mar 17, 2025 - 01:54
 0
ताप्लेजुङमा केबलकारविरुद्ध आन्दोलनरत पक्षबाट वार्ता सहजीकरण समिति गठन

ताप्लेजुङ, ४ चैत । सरकारले पाथीभरा (मुक्कुम्लुङ) मा केबलकार निर्माण विरोधको पक्षमा रहेकालाई लिखित रूपमा पत्र पठाएसँगै आन्दोलनरत पक्षले वार्ता सहजीकरण समिति गठन गरेको छ ।

आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर दलीय १० सदस्यीय समिति गठन गरेको जनाएको हो । वार्ता सहजीकरण लागि सरस्वता सिंघक (सरु) को संयोजकत्वमा समिति चयन गरेको छ ।

समितिमा कुमार लिम्बू, सूर्यविक्रम चेम्जोङ, धनराज हुक्पा चोङवाङ, दीपक याक्खा, लवन न्यौपाने, सन्तोष मेहता, पदम जवेगु, सूर्यप्रकाश मावोहाङ (आलोक) र अर्जुन जुम्नेली राईलाई चयन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले चैत १ गते मुक्कुमलुङ ताङेसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर दलीय सङ्घर्ष समितिलाई सम्बोधन गर्दै आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरूका सन्दर्भमा स्थानीय सरोकारवालासँग वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधानका लागि वार्तामा बस्न आह्वान गरेको थियो । सरकारले गृहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोलीले पुन वार्ताका लागि पत्र पठाएको थियो ।

The post ताप्लेजुङमा केबलकारविरुद्ध आन्दोलनरत पक्षबाट वार्ता सहजीकरण समिति गठन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register