आधारभूत कुरा पूरा हुने अवस्था नभए सरकारबाट बाहिरिन्छौँ : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आधारभूत कुरा पूरा हुने अवस्था नभए सरकारबाट बाहिरिने बताएका छन् । लोकतन्त्र दिवसमा बिहीबार आयोजित संवादमा बोल्दै उनले यस्तो बताएका हुन् । थापाले भने, “हाम्रा केही आधारभूत कुराहरू छन्, त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिने छौँ । यो सरकारबाट मात्रै होइन हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा […]

Apr 24, 2025 - 12:39
 0
आधारभूत कुरा पूरा हुने अवस्था नभए सरकारबाट बाहिरिन्छौँ : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आधारभूत कुरा पूरा हुने अवस्था नभए सरकारबाट बाहिरिने बताएका छन् ।

लोकतन्त्र दिवसमा बिहीबार आयोजित संवादमा बोल्दै उनले यस्तो बताएका हुन् ।

थापाले भने, “हाम्रा केही आधारभूत कुराहरू छन्, त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिने छौँ । यो सरकारबाट मात्रै होइन हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौँ।”

उनले गठबन्धन पनि समाधानको उपाय नभएको बताए । गठबन्धन मिलेर जाउँ भनेको मिलेर खाउँ भनेको जस्तो भएको उनले टिप्पणी गरे ।

साथै, प्रमुख पार्टीमा रहेका शीर्ष नेताहरूप्रति आम मानिसको भरोसा टुटिसकेको थापाको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register