हेटौँडामा वायु प्रदूषणको असर : आँखा सुख्खा हुनेदेखि आँशु आउनेसम्म समस्या

हेटौँडा । पछिल्लो समय अधिकाङ्श सामुदायिक वनमा दिनहुँजसो लागेको डढेलोका कारण मकवानपुरमा वायु प्रदूषण ह्वात्तै बढेको छ । चैत्रको पहिलो हप्तादेखि जिल्लाका वन क्षेमा लागेको डढेलोबाट सिर्जित प्रदूषणको प्रत्यक्ष असर सर्वसाधारणसम्म पुगेको छ । विशेषगरी उनीहरूमा आँखासम्बन्धी समस्या देखा परेको पाइएकाे छ । आँखा सुख्खा हुने, पोल्ने, चिलाउने, रातो हुने र आँशु आउनेलगायतका समस्या भएका […]

Apr 10, 2025 - 10:18
 0
हेटौँडामा वायु प्रदूषणको असर : आँखा सुख्खा हुनेदेखि आँशु आउनेसम्म समस्या

हेटौँडा । पछिल्लो समय अधिकाङ्श सामुदायिक वनमा दिनहुँजसो लागेको डढेलोका कारण मकवानपुरमा वायु प्रदूषण ह्वात्तै बढेको छ । चैत्रको पहिलो हप्तादेखि जिल्लाका वन क्षेमा लागेको डढेलोबाट सिर्जित प्रदूषणको प्रत्यक्ष असर सर्वसाधारणसम्म पुगेको छ । विशेषगरी उनीहरूमा आँखासम्बन्धी समस्या देखा परेको पाइएकाे छ ।

आँखा सुख्खा हुने, पोल्ने, चिलाउने, रातो हुने र आँशु आउनेलगायतका समस्या भएका आँखाका बिरामीको सङ्ख्या दैनिकरुपमा बढिरहेको हेटौँडा सामुदायिक आँखा अस्पतालले जनाएको छ ।

आँखा अस्पतालमा अन्य दिनमा भन्दा ३० प्रतिशत आँखाका बिरामी थपिएको अस्पतालका प्रशासन प्रमुख सुधीर श्रेष्ठले बताए । अन्य दिनमा दैनिक ३०० बिरामी आउने गरेकोमा चैत्रदेखि सङ्ख्या बढेर ३३० हुने गरेको प्रमुख श्रेष्ठले बताए ।

डढेलोका कारण बढेको वायु प्रदूषणले आँखा जचाउन आउनेको सङ्ख्या वृद्धि भएको श्रेष्ठको बुझाइ छ । साथै हेटौँडा औद्यागिक क्षेत्र र बाहिर रहेका उद्योग तथा कलकारखानाबाट हुने वायु प्रदूषणका कारण पनि आँखाका बिरामी बढेको सरोकारवालाको भनाइ छ ।

चैत्र १ यता ७ हजारभन्दा बढीले आँखा जाँच गराएकोमा दैनिक ५० जना बिरामीलाई चश्मा आवश्यक परेको श्रेष्ठले बताए ।

श्रेष्ठले डाक्टरलाई उद्धत गर्दै भने, ‘अहिले बाहिरको वातावरण अन्य समयभन्दा प्रदूषित छ । यस्तोमा बालबालिका र बृद्धबृद्धालाई घरभित्र नै बस्न लगाउने र बाहिर जान परेमा आँखालाई सुरक्षित गर्ने चश्मा अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ ।’

बिरामीमा आँखाकोसँगै श्वासप्रश्वास, छालाको समेत समस्या भएको पाइएको श्रेष्ठले जानकारी दिए ।

वायु प्रदुषणका कारण आँखाका साथै फोक्सो र दमका बिरामीलाई दीर्घरुपमा असर गर्ने हेटौँडा अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर कमल दवाडी बताउँछन् ।

आँखा जचाउन आउनेको सङ्ख्या सन् २०२२ मा ८१ हजार, सन् २०२३ मा ९३ हजार, सन् २०२४ मा ८१ हजार र सन् २०२५ मा हालसम्म २१ हजार १३४ जना छ ।

अस्पतालमा मकवानपुरवाहेक विशेषत बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीलगायत छिमेकी जिल्लाबाट बिरामी आँखा जाँच्न आउने गरेका छन् ।

प्रदेशको राजधानी हेटौँडा क्षेत्रका ४० बढी स्थानका कुल ६१४ हेक्टर वनमा डढेलो लागेकाे हाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register