दुधौलीका मेयरविरूद्ध नाबालिगलाई जबरजस्ती करणीको जाहेरी

काठमाडौं । दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवारविरूद्ध प्रहरीमा जबरजस्ती करणीको जाहेरी परेको छ । उनीविरूद्ध जबरजस्ती करणीको जाहेरी परेको र अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज पोखरेलले जानकारी दिए । ‘पीडितले जाहेरी दिएपछि हामीले अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने । १७ वर्षीया बालिकाले आफूलाई मेयर अधिकारीले जबरजस्ती करणी गरेको […]

Apr 25, 2025 - 12:31
 0
दुधौलीका मेयरविरूद्ध नाबालिगलाई जबरजस्ती करणीको जाहेरी

काठमाडौं । दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवारविरूद्ध प्रहरीमा जबरजस्ती करणीको जाहेरी परेको छ ।

उनीविरूद्ध जबरजस्ती करणीको जाहेरी परेको र अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज पोखरेलले जानकारी दिए । ‘पीडितले जाहेरी दिएपछि हामीले अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने ।

१७ वर्षीया बालिकाले आफूलाई मेयर अधिकारीले जबरजस्ती करणी गरेको भन्दै बिहीबार जाहेरी दिएकी थिइन् ।

सिन्धुली जिल्ला अदालतका अनुसार हालसम्म अधिकारीको नाममा पक्राउ अनुमति भने जारी भएको छैन ।

दनुवार माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । एमालेका लक्ष्मण कार्कीलाई पराजित गर्दै उनी २०७९ मा मेयरमा निर्वाचित भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register