बारपाक भूकम्पको सम्झना : एक दशकपछि केन्द्रबिन्दुमा फोटो प्रदर्शनी (तस्वीरहरू)

गोरखा । फोटो पत्रकार प्रकाश चन्द्र तिमिल्सेनाले भूकम्पको १० वर्षमा बारपाकमा देखिएको परिवर्तन तथा पुनर्निर्माण गर्दाका चुनौतीलाई दस्तावेजीकरण गरिएको फोटो प्रदर्शनी आयोजना गरेका छन्। वैशाख १२ गते बारपाकमा आयोजित प्रदर्शनीमा भूकम्प गएपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा फोटोहरू प्रदर्शनमा राखिएका छन्। प्रदर्शनीको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री […]

Apr 25, 2025 - 12:31
 0
बारपाक भूकम्पको सम्झना : एक दशकपछि केन्द्रबिन्दुमा फोटो प्रदर्शनी (तस्वीरहरू)

गोरखा । फोटो पत्रकार प्रकाश चन्द्र तिमिल्सेनाले भूकम्पको १० वर्षमा बारपाकमा देखिएको परिवर्तन तथा पुनर्निर्माण गर्दाका चुनौतीलाई दस्तावेजीकरण गरिएको फोटो प्रदर्शनी आयोजना गरेका छन्। वैशाख १२ गते बारपाकमा आयोजित प्रदर्शनीमा भूकम्प गएपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा फोटोहरू प्रदर्शनमा राखिएका छन्।

प्रदर्शनीको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे। अध्यक्ष प्रचण्डसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टले पनि फोटो प्रदर्शनी अवलोकन गरेका थिए।

प्रदर्शनी उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त गोरखाका भौतिक संरचनाको बाँकी पुनर्निर्माण सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए। भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस, संयमता र दृढ संकल्प अद्वितीय रहेको उनले बताए। पुनर्निर्माणका धेरै काम सम्पन्न भए पनि जनताले अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधार, रोजगारजस्ता विषयमा विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गरे।

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले पुनर्निर्माणपछि स्थानीयको आयआर्जन बढाउन र पर्यटक बढाउन गाउँपालिकाले प्रयास गरिरहेको बताए । भूकम्पपछि बारपाकको स्वरूप नै परिवर्तन भएको बताउँदै उनले विनाशसँगै केही सकारात्मक परिवर्तनहरू पनि ल्याएको धारणा राखे ।

प्रदर्शनीमा राखिएका सम्पूर्ण तस्बिर बारपाक सुलिकोट गाउँपालिकालाई हस्तान्तरण गर्ने घोषणा फोटो पत्रकार तिमिल्सेनाले गरेका छन्। ती तस्बिर गाउँपालिकाले बारपाकमा निर्माण गरिरहेको भूकम्प सङ्ग्रहालयमा राखिनेछ ।

प्रदर्शनीको मुख्य उद्देश्य फोटोमार्फत भूकम्प प्रतिरोधी संरचना बनाउन गरिएका प्रयासको प्रभावकारितालाई पुनः स्मरण गराउनु रहेको तिमिल्सेनाले बताए। यसका साथै फोटो प्रदर्शनीले पुनर्निर्माणपछि बारपाकको अवस्थालाई देश-विदेशसम्म पुर्‍याउन प्रयास गरेको उनको भनाइ छ। प्रदर्शनीले बारपाकलाई पर्यटकीय गन्तव्यको रूपमा पनि विकास गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे।

२०७२ सालको भूकम्पपछि बारपाक पुगेर त्यहाँको विनाश क्यामेरामा कैद गरेका उनी हरेक वर्षजस्तो त्यहाँ पुगेका थिए। त्यही क्रममा विगत १० वर्षमा त्यहाँ देखिएको परिवर्तनलाई फोटो प्रदर्शनीमार्फत स्थानीय र सरोकारवालाहरूलाई देखाउने प्रयास गरेको उनले बताए।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको शुक्रवार एक दशक पुगेको छ। भूकम्पमा करिब नौ हजार मानिसले ज्यान गुमाएका थिए भने बाइस हजारभन्दा बढी घाइते भएका थिए। देशभर २८ लाख मानिस तत्कालका लागि घरबारविहीन हुनुका साथै सांस्कृतिक सम्पदा, सडक, जलविद्युत लगायतका विकास परियोजनाका अर्बौँको क्षति हुन पुगेको थियो। भूकम्पको केन्द्रबिन्दु बारपाकमा ७२ जनाले ज्यान गुमाएका थिए। प्रभावित अन्य जिल्लाहरूमा जस्तै भौतिक संरचना क्षतिग्रस्त भएका थिए। ध्वस्त भएका संरचना पुनर्निर्माण भएका छन्। तर दुःखको कुरा, मन लोभ्याउने परम्परागत ढुङ्गे घर लोप भएका छन्। तिनको ठाउँमा क्रंकिट र जस्तापाताका संरचना बनाइएका छन्।

प्रदर्शनीको मुख्य उद्देश्य फोटोमार्फत भूकम्प प्रतिरोधी संरचना बनाउन गरिएका प्रयासको प्रभावकारितालाई पुनः स्मरण गराउनु रहेको तिमिल्सेनाले बताए। यसका साथै फोटो प्रदर्शनीले पुनर्निर्माणपछि बारपाकको अवस्थालाई देश-विदेशसम्म पुर्‍याउन प्रयास गरेको उनको भनाइ छ। प्रदर्शनीले बारपाकलाई पर्यटकीय गन्तव्यको रूपमा पनि विकास गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे।

विगत दुई दशकदेखि फोटो पत्रकारिता गरिरहेका तिमिल्सेना कान्तिपुर मिडिया ग्रुपका फोटो सम्पादक हुन्। विभिन्न नेपाली सञ्चारगृहमा काम गरेका तिमिल्सेनाले खिचेका फोटाहरू अमेरिकाको एसोसियट प्रेस, क्याराभान, युरोपियन प्रेस एजेन्सी र स्टर्न म्यागेजिन लगायतका सञ्चारमाध्यममा प्रकाशित भएका छन्।

सन् २०२४ मा इजरायले प्यालेस्टाइनमा आक्रमण गरेपछि त्यहाँ देखिएको तनावपूर्ण अवस्थालाई फोटोमा कैद गर्ने संसारका केही सीमित फोटो पत्रकारमध्ये तिमिल्सेना पनि एक हुन्। उनले खाडी मुलुकका साथै चीन, पाकिस्तान र भारतमा पुगेर रिपोर्टिङ गरेका छन्।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register