अटोबाट खसेर बालकको मृत्यु

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ का १२ वर्षीय निराजन ठगुन्नाको आज अटोबाट खसेर मृत्यु भएको छ । झलारी बजारबाट म १ ह १२३३ नम्बरको अटोमा बजारबाट घरतर्फ जाँदै गरेका ठगुन्ना स्टेसनपुर नजिक अटोबाट खसेका हुन् । अटोबाट खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक […]

Apr 25, 2025 - 15:04
 0
अटोबाट खसेर बालकको मृत्यु

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ का १२ वर्षीय निराजन ठगुन्नाको आज अटोबाट खसेर मृत्यु भएको छ । झलारी बजारबाट म १ ह १२३३ नम्बरको अटोमा बजारबाट घरतर्फ जाँदै गरेका ठगुन्ना स्टेसनपुर नजिक अटोबाट खसेका हुन् ।

अटोबाट खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बोहराले जानकारी दिए । उनका अनुसार अटो चालक ४० वर्षीय जयदेव ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register