प्रचण्ड र बीपी कोइराला युग नायक : वर्षमान पुन

झापा । नेकपा माओवादी केन्दका उपमहासचिव वर्षमान पुन (अनन्त)ले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काङ्ग्रेस संस्थापक बीपी कोइराला युग नायक भएको बताएका छन् । झापामा शुक्रबार आयोजित एक कार्यक्रममा पुनले यी दुई नेताले मुलुकको राजनीतिक इतिहासमा युग परिवर्तनको आन्दोलनको नेतृत्व गरेको बताए । कोही इतिहास बदल्ने र कोही नियमित नेता हुने भन्दै पुनले बीपी […]

Feb 21, 2025 - 12:14
 0
प्रचण्ड र बीपी कोइराला युग नायक : वर्षमान पुन

झापा । नेकपा माओवादी केन्दका उपमहासचिव वर्षमान पुन (अनन्त)ले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काङ्ग्रेस संस्थापक बीपी कोइराला युग नायक भएको बताएका छन् ।

झापामा शुक्रबार आयोजित एक कार्यक्रममा पुनले यी दुई नेताले मुलुकको राजनीतिक इतिहासमा युग परिवर्तनको आन्दोलनको नेतृत्व गरेको बताए ।

कोही इतिहास बदल्ने र कोही नियमित नेता हुने भन्दै पुनले बीपी र प्रचण्ड इतिहास बदल्ने नेताका रुपमा स्थापित भएको उल्लेख गरे ।

“नेता त्यसै जन्मिँदैन । नेता इतिहासले जन्माउने हो । बीपी कोइरालाले जहानियाँ राणशासन फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो । प्रचण्डले सामान्तवादी राजतन्त्र फाल्ने आन्दोलनको नेतृत्व गर्नुभयो,” पुनले भने, “यी नेपाली राजनीतिका इतिहास बदल्ने आन्दोलनहरु हुन् । त्यस अर्थमा प्रचण्ड माओवादीको मात्र नेता होइन । उहाँ युग बदल्ने नेता हो, राजनेता हो ।”

प्रचण्ड १०औं हजारको बलिदानबाट निर्माण भएको टावर भन्दै पुनले उनलाई व्यक्ति प्रचण्ड नभई आन्दोलनको प्राधिकारयुक्त नेताका रुपमा इतिहासले स्वीकार गर्ने दाबी गरे । यसको अर्थ प्रचण्डको देवत्वकरण गर्ने वा कमीकमजोरी भए ढाकछोप गर्नु नभएको प्रष्टीकरण पनि पुनले दिए ।

आफूले प्रचण्डसँग २८ वर्ष लामो सहकार्य गरेको भन्दै पुनले सधैँ उनलाई सहयोग गर्ने र उनकै वरिपरि केन्द्रित हुने गरेको बताए । जनयुद्धदेखि शान्ति प्रक्रिया, पहिलो र दोस्रो संविधानसभा निर्वाचन, संविधान निर्माण, कटवाल प्रकरण, पार्टी विभाजनजस्ता महत्वपूर्ण राजनीतिक घटनाक्रमहरुमा आफू जहिले पनि प्रचण्डसँगै उभिएको स्मरण पुनले गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register