आन्दोलनमा सरकारले घुसपैठ गरायो, तीन गुणा शिक्षक सडकमा उतार्छौँ : शिक्षक महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघले शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको भन्दै तीन गुणा शिक्षक सडकमा उतार्ने घोषणा गरेको छ । आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्त आन्दोलनलाई विथोल्न सरकारको घुसपैठ उदाङ्गो भएको भन्दै शिक्षकहरूको आन्दोलनलाई कम नआँक्न चेतावनी दिए । ‘हामी शिक्षक हौं। लाठी छैन, केही छैन। शान्त आन्दोलनकारीलाई भड्काउन […]

Apr 27, 2025 - 09:23
 0
आन्दोलनमा सरकारले घुसपैठ गरायो, तीन गुणा शिक्षक सडकमा उतार्छौँ : शिक्षक महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघले शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको भन्दै तीन गुणा शिक्षक सडकमा उतार्ने घोषणा गरेको छ ।

आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्त आन्दोलनलाई विथोल्न सरकारको घुसपैठ उदाङ्गो भएको भन्दै शिक्षकहरूको आन्दोलनलाई कम नआँक्न चेतावनी दिए ।

‘हामी शिक्षक हौं। लाठी छैन, केही छैन। शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नाङ्गोपना उदाङ्गो भयो। ‘हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छ। हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस्,’ उनले भने ।

आइतबार बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना शिक्षक घाइते भएका छन् ।

भोलीको आन्दोलन थप शिक्षक काठमाडौं आउने महासंघले बताएको छ । ‘भोलि यो भन्दा तीन गुणा शिक्षक भेला हुनेछन्। अब हामी पनि आउछौँ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नुभएको छ,’ अध्यक्ष सुवेदीले भने ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register