वर्ल्डलिङ्कको ब्राण्ड एम्बेसडर बने ६ किक्रेटर

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले राष्ट्रिय टोलीका ६ जना क्रिकेट खेलाडीलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यस्तो घोषणा गरेको हो । नयाँ ब्राण्ड एम्बेसडरहरूमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार […]

Apr 27, 2025 - 12:44
 0
वर्ल्डलिङ्कको ब्राण्ड एम्बेसडर बने ६ किक्रेटर

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले राष्ट्रिय टोलीका ६ जना क्रिकेट खेलाडीलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।

कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यस्तो घोषणा गरेको हो ।

नयाँ ब्राण्ड एम्बेसडरहरूमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह र ललित राजवंशी छन् ।

खेलाडीहरूले वर्ल्डलिङ्कको डिजिटल सशक्तिकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा सँगै अघि बढ्ने प्रतिबद्धता जनाएको कम्पनीले जनाएको छ ।

सम्झौतामा वर्ल्डलिङ्कको तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका छन् ।

नेपालमा पहिलोपटक एउटै कम्पनीले एकैसाथ ६ जना ब्राण्ड एम्बेसडर अनुबन्धन गर्ने ऐतिहासिक कार्य वर्ल्डलिङ्कले गरेको हो, जसले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाउने कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register