अस्ट्रेलियन डलर र पाउन्ड स्टर्लिङको मूल्य बढ्यो, हेर्नुहोस् कुन मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। सोमबार अमेरिकी डलर, युरोसहितका विदेशी मुद्राको मूल्य स्थिर छ भने अस्ट्रेलियन डलर, पाउन्ड स्टर्लिङसहितका मुद्रा भने महँगिएका छन्। कुबेती र बहराइन दिनारसहितका केही मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा […]

Apr 28, 2025 - 01:23
 0
अस्ट्रेलियन डलर र पाउन्ड स्टर्लिङको मूल्य बढ्यो, हेर्नुहोस् कुन मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। सोमबार अमेरिकी डलर, युरोसहितका विदेशी मुद्राको मूल्य स्थिर छ भने अस्ट्रेलियन डलर, पाउन्ड स्टर्लिङसहितका मुद्रा भने महँगिएका छन्।

कुबेती र बहराइन दिनारसहितका केही मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ८० पैसा र बिक्रीदर १६५ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रूपैयाँ १९ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५९ पैसा तोकेको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०७ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३३ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०९ पैसा र बिक्रीदर १४ रूपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७७ पैसा र बिक्रीदर २० रूपैयाँ ८६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७ रूपैयाँ ६६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ९० पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३८ पैसा रहेको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register