दोस्रो जितको खोजीमा दिल्ली र हैदराबाद, राजस्थान-चेन्नई आमनेसामने

काठमाडौं । आईपीएल (IPL)को १८औं संस्करणमा आइतबार पहिलो खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच हुँदैछ । खेल विशाखापट्टनममा नेपाली समयअनुसार दिउँसो १५ः४५ बजेदेखि सुरु हुनेछ । जारी आईपीएलमा खेल्न लागिएको यो १०औं खेल हो । दिल्लीको यो दोस्रो खेल हो भने हैदराबादको तेस्रो खेल । दिल्ली टोली आफ्नो पहिलो खेलमा विजयी भएको थियो । दिल्लीले […]

Mar 30, 2025 - 07:06
 0
दोस्रो जितको खोजीमा दिल्ली र हैदराबाद, राजस्थान-चेन्नई आमनेसामने

काठमाडौं । आईपीएल (IPL)को १८औं संस्करणमा आइतबार पहिलो खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच हुँदैछ ।

खेल विशाखापट्टनममा नेपाली समयअनुसार दिउँसो १५ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी आईपीएलमा खेल्न लागिएको यो १०औं खेल हो । दिल्लीको यो दोस्रो खेल हो भने हैदराबादको तेस्रो खेल । दिल्ली टोली आफ्नो पहिलो खेलमा विजयी भएको थियो । दिल्लीले लखनउ सुपर जायन्ट्सलाई हराएको थियो ।

हैदराबादले दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले हराएको हैदराबाद दोस्रो खेलमा लखनउसँग पाँच विकेट पराजित भएको थियो ।

हैदराबादले हालसम्म एकपटक आईपीएलको उपाधि जितेको छ । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि चुमेको थियो । त्यतिबेला हैदराबादले फाइनलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई हराएको थियो ।

हैदराबाद सन् २०१८ मा पनि आईपीएलको फाइनलमा पुगेको थियो । त्यतिबेला हैदराबादलाई फाइनलमा चेन्नई सुपर किङ्सले हराएको थियो । हैदराबाद साविक उपविजेता पनि हो ।

दिल्ली सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । आईपीएलमा दिल्लीको यो १८औं सहभागिता हो । तर, दिल्लीले हालसम्म उपाधिको जित्न सकेको छैन ।

दिल्ली हालसम्म एकपटक आईपीएलको फाइनलमा पुगेको छ । सन् २०२० मा दिल्ली प्रतियोगिताको फाइनलमा पुगेको थियो । तर, उक्त संस्करणको फाइनलमा दिल्लीको टोली मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भएको थियो ।

दिल्ली र हैदराबादबीच हालसम्म आईपीएलमा कुल २४ खेल खेलिएको छ । त्यसमध्ये बढी खेल हैदराबादले जितेको छ । हैदराबादले १३ खेलमा दिल्लीलाई हराएको छ । दिल्लीले भने १० खेलमा हैदराबादलाई पराजित गरेको छ । एक खेल भने अनिर्णित रह्यो ।

दिल्लीमा फाफ डु प्लेसिस, अभिषेक पोरेल र ट्रिस्टन स्टब्सजस्ता प्रभावशाली ब्याट्सम्यान पनि छन् । मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा, मुकेश कुमारजस्ता क्षमतावाना बलर पनि दिल्लीको टोलीमा आबद्ध छन् ।

हैदराबादका दुई ब्याट्सम्यान ट्राभिस हेड र ईशान किशन लयमा देखिएका छन् । ट्राभिस हेडले दुई टोलीमा टोलीका लागि कुल एक सय १४ रन बनाइसकेका छन् । उनले एक अर्धशतक पनि प्रहार गरेका छन् ।

हैदराबाद र दिल्लीबीच आइतबारको खेल हुने विशाखापट्टनमस्थित स्टेडियमको पिच खासगरी ब्याट्सम्यानहरुलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल १६ खेल खेलिएको छ । त्यसमध्ये आठ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जित हासिल गरेका छन् ।

बाँकी आठ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर सात विकेट गुमाएर दुई सय ७२ रन हो । उक्त स्कोर कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सविरुद्ध अघिल्लो सिजनमा बनाएको थियो ।

०००

आजै हुने दोस्रो खेलमा गुवाहाटीको बरसापारा क्रिकेट स्टेडियममा राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स आमनेसामने हुँदैछन् ।

राजस्थानको टोली सिजनमा आफ्नो पहिलो जित दर्ता गर्न मैदानमा उत्रनेछ । रियान परागको कप्तानीमा टोलीले अहिलेसम्म खेलेका दुवै खेलमा हार व्यहोरेको छ । अर्कोतर्फ अन्तिम खेलमा आरसीबीसँग हारेपछि सीएसके पुनरागमन गर्न चाहन्छ ।

बारसापाराको पिचले ब्याट्सम्यानभन्दा बलरलाई बढी मद्दत गर्छ । यहाँ ब्याट्सम्यानमाथि स्पिन बलरहरूको प्रभुत्व हुन्छ ।

राजस्थानविरुद्धको अन्तिम खेलमा केकेआरका स्पीनरहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, दोस्रो इनिङमा शीत पर्ने सम्भावना छ । यस्तो अवस्थामा स्पीन बलरहरूलाई उपलब्ध सहयोग कम हुन्छ । टस जित्ने टोलीले पहिले बलिङ गर्न चाहन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register