कामु गभर्नर ढुङ्गानालाई भट्टको राजीनामा स्वीकृत गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंङ्गानालाई  कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राति भट्टलाई आगामी गभर्नर नियुक्त गर्ने सहमति भएसँगै अर्थमन्त्री पौडेलले यस्तो  निर्देशन दिएका हुन् । भट्टले यसअघि नै कार्यकारी निर्देशक पदबाट राजीनामा […]

Apr 28, 2025 - 01:56
 0
कामु गभर्नर ढुङ्गानालाई भट्टको राजीनामा स्वीकृत गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंङ्गानालाई  कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राति भट्टलाई आगामी गभर्नर नियुक्त गर्ने सहमति भएसँगै अर्थमन्त्री पौडेलले यस्तो  निर्देशन दिएका हुन् ।

भट्टले यसअघि नै कार्यकारी निर्देशक पदबाट राजीनामा बुझाइसकेका छन्, तर कामु गभर्नर ढुंगानाले त्यसलाई स्वीकृत गर्न ढिलाइ गरेकी छन्।

अर्थमन्त्री पौडेलको सचिवालयले भन्यो, ‘आज दिउँसो अर्थमन्त्रीज्यूले बोलाएपछि कामु गभर्नर मन्त्रालयमा आउनुभएको थियो। मन्त्रीज्यूले स्पष्ट रूपमा भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिनुभएको छ।’

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register