सीए टिका कार्कीसहितको टिमले संचालनमा ल्यायो ‘फल फ्रुट्स’, ५० वटा मार्ट खोल्ने लक्ष्य !

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट टिका कार्कीसहितको टिमले ‘फल फ़्रुट्स’ संचालनमा ल्याएको छ । काठमाडौँको सोल्टीमोडमा कम्पनीको पहिलो आउटलेट खोली बुधबारदेखि संचालनमा ल्याइएको हो । कम्पनीले किसानबाट फलफूल लिने र ग्राहकलाई सहज रुपमा वितरण गर्ने लक्ष लिएको कार्कीले बताए । उनका अनुसार फलफूल बिक्री वितरण तथा उत्पादनमा समेत लामो समय काम गरिरहेकाहरुलाई एकतृत गरेर सो व्यवसाय […]

Jun 11, 2025 - 08:36
 0
सीए टिका कार्कीसहितको टिमले संचालनमा ल्यायो ‘फल फ्रुट्स’, ५० वटा मार्ट खोल्ने लक्ष्य !

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट टिका कार्कीसहितको टिमले ‘फल फ़्रुट्स’ संचालनमा ल्याएको छ । काठमाडौँको सोल्टीमोडमा कम्पनीको पहिलो आउटलेट खोली बुधबारदेखि संचालनमा ल्याइएको हो ।

कम्पनीले किसानबाट फलफूल लिने र ग्राहकलाई सहज रुपमा वितरण गर्ने लक्ष लिएको कार्कीले बताए । उनका अनुसार फलफूल बिक्री वितरण तथा उत्पादनमा समेत लामो समय काम गरिरहेकाहरुलाई एकतृत गरेर सो व्यवसाय संचालनमा ल्याइएको हो । कार्कीले सोल्टीमोडमा खुलेको आउटलेट पहिलो रहेको जानकारी दिए । यस अलावा बाँकी ५० हाराहारी आउटलेट खोल्ने लक्ष कम्पनीले लिएको उनको भनाई छ ।

अहिले आउटलेटबाटै फलफूल बिक्री वितरण गर्ने र पछि इकमर्शमार्फत उपत्यकाका विभिन्न ठाउँमा फलफूल डेलिभरी गर्ने योजना कम्पनीको रहेको कार्कीको भनाई छ ।

पछिल्लो समय चार्टर्ड एकाउन्टेन्टहरु पनि विभिन्न अन्य पेशा व्यवसायमा लाग्दै आएका छन् । हाल प्राक्टिसमा रहेका सिए कार्की पनि यस अलावा अन्य व्यवसायमा समेत संलग्न छन् भने उनी नेपाल ट्याक्सपेयर्स सोसाइटीका अध्यक्षसमेत हुन् । तस्विरहरू:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register