गोरखाको एक सहकारीमा चोरी, ‘लकर’मा राखेको सवा २ लाख गायब ! 

काठमाडौँ । गोरखाको एक सहकारीमा चोरी भएको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका-५ थालेस्थित पिपलबोट कृषि सहकारी संस्थामा चोरी भएको हो ।  सहकारीको कार्यालय तोडफोड गरेर २ लाख १५ हजार रुपैयाँ चोरी भएको बताइएको छ । सहकारीका अध्यक्ष रामबहादुर खड्काका अनुसार शनिबार राति कार्यालयको मूल गेटको चाबी र लकरको चाबी फोडेर रकम चोरी गरेको देखिएको छ […]

Apr 28, 2025 - 03:26
 0
गोरखाको एक सहकारीमा चोरी, ‘लकर’मा राखेको सवा २ लाख गायब ! 

काठमाडौँ । गोरखाको एक सहकारीमा चोरी भएको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका-५ थालेस्थित पिपलबोट कृषि सहकारी संस्थामा चोरी भएको हो । 

सहकारीको कार्यालय तोडफोड गरेर २ लाख १५ हजार रुपैयाँ चोरी भएको बताइएको छ । सहकारीका अध्यक्ष रामबहादुर खड्काका अनुसार शनिबार राति कार्यालयको मूल गेटको चाबी र लकरको चाबी फोडेर रकम चोरी गरेको देखिएको छ । 

सहकारीको उक्त भवन गाउँदेखि अलि पर एकान्त जस्तो ठाउँमा भएकै कारण चोरी हुँदा थाहा नपाएको हुनसक्ने प्रहरीले जनाएको छ । उक्त भवनमा सिसिटिभी जडान नभएकाले चोरको पहिचान गर्न कठिनाइ भएको प्रहरीको भनाई छ । 

यद्यपि घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उक्त सहकारी २०७२ बैशाखमा खुलेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register