निरन्तर घट्दै एनसेलको आम्दानी

काठमाडौँ । एनसेल आजियाटाको आम्दानी घटेको छ । कम्पनीको आम्दानी सन् २०२३ को तुलनामा सन् २०२४ मा ९.०१ प्रतिशतले घटेको हो । सन् २०२४ मा कम्पनीले कुल ३४ अर्ब ६ करोड ८० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । जबकी सन् २०२३ मा कम्पनीले कुल ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँ बराबर आम्दान गरेको […]

Jan 9, 2025 - 10:06
 0
निरन्तर घट्दै एनसेलको आम्दानी

काठमाडौँ । एनसेल आजियाटाको आम्दानी घटेको छ । कम्पनीको आम्दानी सन् २०२३ को तुलनामा सन् २०२४ मा ९.०१ प्रतिशतले घटेको हो ।

सन् २०२४ मा कम्पनीले कुल ३४ अर्ब ६ करोड ८० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । जबकी सन् २०२३ मा कम्पनीले कुल ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँ बराबर आम्दान गरेको थियो ।

यसो त पछिल्ला वर्ष एनसेल आजियाटाको आम्दानी निरन्तर घट्दै गइरहेको देखिन्छ । कम्पनीले सन् २०२२ मा सन् २०२३ को भन्दा धेरै अर्थात कुल ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ बराबर आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको ३ महिनामा भने कम्पनीले ८ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको आम्दानी विवरतणको इतिहास हेर्दा कम्पनीको आम्दानी पछिल्लो ३ वर्षयता निरन्तर घट्दै गएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register