चट्याङले लागेर १७ वटा चौपायाको मृत्यु

संखुवासभा, १५ वैशाख । संखुवासभाको मकालु गाउँपालिका(३ स्थितमा चट्याङले लागेर १२ वटा भैंसी, ४ वटा गाई र १ वटा गोरुको मृत्यु भएको छ । बैशाख १४ गते दिउँसो वर्षा संगै परेको चट्याङले लागेर चरनमा चरिरहेको अवस्थामा स्थानिय पुष्पलाल भण्डारीको ८ वटा भैसी, एउटा गाई, प्रेम प्रसाद भण्डारीको ४ वटा भैंसी, २ वटा गाई र कृष्ण [...] The post चट्याङले लागेर १७ वटा चौपायाको मृत्यु appeared first on Jhapa Online.

Apr 28, 2025 - 10:33
 0
चट्याङले लागेर १७ वटा चौपायाको मृत्यु

संखुवासभा, १५ वैशाख । संखुवासभाको मकालु गाउँपालिका(३ स्थितमा चट्याङले लागेर १२ वटा भैंसी, ४ वटा गाई र १ वटा गोरुको मृत्यु भएको छ ।

बैशाख १४ गते दिउँसो वर्षा संगै परेको चट्याङले लागेर चरनमा चरिरहेको अवस्थामा स्थानिय पुष्पलाल भण्डारीको ८ वटा भैसी, एउटा गाई, प्रेम प्रसाद भण्डारीको ४ वटा भैंसी, २ वटा गाई र कृष्ण राईको एउटा गाई र एउटा गोरुको मृत्यु भएको छ ।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गएको छ । घटना स्थल हेदाङना बाट ३५ किलोमिटर उत्तर पश्चिम तथा सदरमुकामबाट १०० किलोमिटर टाढारहेको छ ।

झापा( १५ गते दिउँसो १२ बजे हल्दिबारी गाउँपालिका(२ का जयराम मुर्मुको गोठमा चट्याङ पर्दा गाई २ वटा, बाछी १ वटा, बाख्रा १ र पाठो १ को मृत्यु ।

भोजपुर( १५ गते राती ०२०० बजे आमचोक गाउँपालिका(३ का हरी सुवेदीको गोठमा चट्याङ पर्दा भैंसी १ वटा पाँडो १ वटा मृत्यु ।

तेह्रथुम( १५ गते राती ०३०० बजे लालीगुँरास नगरपालिका(५ कि गिता कार्कीको ढुङगा माटोको ३ तल्ले घरमा चट्याङ पर्दा गारो चर्किएको र घरको भित्र रहेको अन्नपात, भाडा वर्तन, लत्ताकपडा पुर्ण रुपमा जलि नष्ट भएको, खोरमा रहेको २ वटा बाख्राको मृत्यु भएको ।

उदयपुर( १५ गते राती ०१स्३० बजे रौतामाई गाँउपालिका( ५ का चक्र बहादुर राईको घरमा हावा हुरी संगै परेको चट्याङले लागेर ढुङगा माटो टिनको छानो भएको २ तले घर र घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन र एउटा सुंगुर समेत जली करिव ५ लाख ५० हजार बरावरको क्षेति भएको ।

The post चट्याङले लागेर १७ वटा चौपायाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register