हामीले ल्याएको बजेटको विरोध गरेर अर्थतन्त्र सुध्रियो भन्दैछन् : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चालु आर्थिक वर्षको बजेटको विरोध गरेर मुलुकको अर्थतन्त्र सुधार भयो भन्नु उचित कुरा नभएको बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको प्रधानमन्त्री र अर्थमन्त्रीले विरोध गर्ने गरेको भन्दै त्यही बजेटका आधारमा भएको आर्थिक प्रगतिको स्वामित्व […]

Apr 28, 2025 - 13:11
 0
हामीले ल्याएको बजेटको विरोध गरेर अर्थतन्त्र सुध्रियो भन्दैछन् : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चालु आर्थिक वर्षको बजेटको विरोध गरेर मुलुकको अर्थतन्त्र सुधार भयो भन्नु उचित कुरा नभएको बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको प्रधानमन्त्री र अर्थमन्त्रीले विरोध गर्ने गरेको भन्दै त्यही बजेटका आधारमा भएको आर्थिक प्रगतिको स्वामित्व लिने कुरा उचित नभएको बताएका हुन् ।

उहाले प्रधानमन्त्री र अर्थमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा इमान्दारिता नदेखाएको तर्क गरे । पुनले आफू अर्थमन्त्री हुँदा ल्याएको बजेटले नयाँ चरणको आर्थिक सुधारलाई केन्द्रमा राखेका कारण लक्ष्य अनुसारको आर्थिक वृद्धिदर नजिक पुगेको बताए ।

सरकारले इमान्दारीपूर्वक त्यसलाई कार्यान्वयन गरेको भए मुलुकको आर्थिक वृद्धिदर निकै राम्रो हुने उनको भनाइ छ ।

पुनले सरकारले विचौलियाको स्वार्थ पूरा हुने बाटोमा मुलुकको अर्थतन्त्रलाई हिँड्याएको आरोप लगाए । उनले बजेट ठीक भएन भन्ने अर्थमन्त्रीको अभिव्यक्ति पनि ठीक नभएको उल्लेख गरे ।

अघिल्लो सरकारले ल्याएको बजेटलाई परिमार्जन गर्ने आँट पनि नगर्ने र सरकारमा बसेर बजेटको विरोध गर्नु राजनीतिक नैतिकता नभएकाले नैतिक रुपमा अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register