झरना नजिकै अभिनेताको शव भेटियो

काठमाडौं । मनोज बाजपेयी अभिनित श्रृङ्खला फेमिली म्यान-३ मा देखिएका भारतीय अभिनेता रोहित बासफोरको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । रोहित अप्रिल २७ मा आफ्ना साथीहरूसँग आसामको गर्भाङ्गामा पिकनिक गएका थिए । तर, पछि उनको शव गर्भाङ्गा जङ्गलको झरना नजिकै फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको शरीरमा धेरै चोटपटकका निशानहरू पनि भेटिएका […]

Apr 29, 2025 - 11:52
 0
झरना नजिकै अभिनेताको शव भेटियो

काठमाडौं । मनोज बाजपेयी अभिनित श्रृङ्खला फेमिली म्यान-३ मा देखिएका भारतीय अभिनेता रोहित बासफोरको शव शङ्कास्पद अवस्थामा फेला परेको छ ।

रोहित अप्रिल २७ मा आफ्ना साथीहरूसँग आसामको गर्भाङ्गामा पिकनिक गएका थिए । तर, पछि उनको शव गर्भाङ्गा जङ्गलको झरना नजिकै फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको शरीरमा धेरै चोटपटकका निशानहरू पनि भेटिएका छन् । सिने मजदुर सङ्घले यस विषयमा कडा कारबाहीको माग गरेको छ ।

रोहित आसामका बासिन्दा हुन्, यद्यपि उनी कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए । उनी केही समयअघि छुट्टीमा घर गएका थिए ।

रोहितको परिवारले प्रहरीलाई आइतबार (अप्रिल २७) दिउँसो १२:३० बजेतिर उनी आफ्ना साथीहरूसँग घुम्न गएको बताएको छ । साँझ उनको परिवारका सदस्यहरूले फोन गर्दा उनको फोन उठेन । साँझ रोहितको एक साथीले उनको मृत्युको बारेमा परिवारलाई जानकारी गराएका थिए । परिवारलाई खबर गर्ने केटाले उनी झरनाबाट खसेको बताएका थिए ।

परिवारले तुरुन्तै एसडीआरएफ (राज्य विपद् प्रतिक्रिया बल) लाई जानकारी गराएपछि साँझ ६:३० बजेतिर उनको शव जङ्गलबाट निकालेर अस्पताल लगिएको थियो ।

परिवारको दाबी – साथीहरूले हत्या गरे

रोहितको परिवारले उनका साथीहरूलाई हत्याको आरोप लगाएको छ ।

रोहितकी आमाले प्रहरीमा भनिन्, “केही समयअघि पार्किङलाई लिएर उसको साथीहरूसँग झगडा भएको थियो, त्यसपछि उनका तीन साथीहरूले उनलाई मार्ने धम्की दिएका थिए ।”

रोहितको शव भेटिएदेखि उनीसँगै यात्रामा गएका उनका तीन साथीहरू फरार छन् । ती व्यक्तिहरूको नाम रञ्जित बसफोर, अशोक बसफोर र धरम बसफोर बताइएको छ ।

परिवारले आरोप लगाएको छ, “यी तीन साथीहरूसँगै जिम प्रशिक्षक अमरदीप पनि संलग्न थिए, जो आइतबार रोहितलाई यात्राको लागि बोलाउन आएका थिए ।”

उडिसा बाइटको रिपोर्टअनुसार रोहितको पोस्टमार्टम रिपोर्ट सोमबार जारी गरिएको थियो । रिपोर्टका अनुसार रोहितलाई नराम्रोसँग कुटपिट गरिएको देखिन्छ । उनको अनुहार, टाउको र शरीरका विभिन्न भागमा धेरै चोटपटकका निशान छन् ।

रोहितको मृत्युको खबर बाहिर आएपछि अल इन्डिया सिने वर्कर्स एसोसिएसनले आसामका मुख्यमन्त्रीलाई पत्र लेख्दै अनुसन्धानको माग गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register