सरकारसँग भएको नौबुँदे सहमतिलाई शिक्षक महासंघले भन्यो– महत्त्वपूर्ण उपलब्धि

काठमाडौं । नेपालका शिक्षक महासंघले सरकारसँग भएको नौबुँदे सहमतिलाई महत्त्वपूर्ण उपलब्धि भनेको छ । महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक स्टेटमेन्ट जारी गरी शिक्षकको काठमाडौंकेन्द्रित २९ दिन लामो आन्दोलनले सफलता पाएको बताएका छन् । बुधबार सरकार र शिक्षक महासंघबीच नौबुँदे सहमति भएको थियो । उनले शिक्षा ऐन जारी गर्ने लिखित प्रतिवद्धता गराइएको उल्लेख गर्दै अब […]

May 1, 2025 - 02:43
 0
सरकारसँग भएको नौबुँदे सहमतिलाई शिक्षक महासंघले भन्यो– महत्त्वपूर्ण उपलब्धि

काठमाडौं । नेपालका शिक्षक महासंघले सरकारसँग भएको नौबुँदे सहमतिलाई महत्त्वपूर्ण उपलब्धि भनेको छ । महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक स्टेटमेन्ट जारी गरी शिक्षकको काठमाडौंकेन्द्रित २९ दिन लामो आन्दोलनले सफलता पाएको बताएका छन् । बुधबार सरकार र शिक्षक महासंघबीच नौबुँदे सहमति भएको थियो । उनले शिक्षा ऐन जारी गर्ने लिखित प्रतिवद्धता गराइएको उल्लेख गर्दै अब ऐन आउने विश्वास भएको बताएका छन् ।

आन्दोलनले लामो समयदेखि अल्झिएको समान ग्रेड र तलबको मुद्दा समाधान गरेको छ महासंघको भनाइ छ । अस्थायी शिक्षकहरूको सञ्चित बिरामी बिदा, सिभिल अस्पतालमा कर्मचारीसरह उपचार सुविधा, सबै शिक्षकका लागि दुर्गम भत्ता र मर्यादाक्रमको सवाल सम्बोधन भएको छ ।

थप रूपमा, २०७५ पछि स्थायी भएका शिक्षकहरूको निवृत्तीभरणको मुद्दामा आंशिक सफलता प्राप्त भएको सुवेदीले बताएका छन् । निवृत्तीभरण कोष ऐन २०७५ को संशोधनका लागि शिक्षा ऐन जारी भएसँगै पहल जारी रहने प्रतिबद्धता व्यक्त गरिएको उनले बताएका छन् ।

प्रक्रियागत कारणले तत्काल ऐन जारी हुन नसके पनि संसदीय दलका मुख्य सचेतक र समितिका सभापतिसँग लिखित प्रतिबद्धता गराई २०८२ असार १५ गते प्रतिनिधिसभाबाट ऐन पारित गर्ने सुनिश्चित गरिएको सुवेदीको भनाइ छ । ‘हामीले यो आन्दोलनलाई महिनौँ लम्ब्याउनुभन्दा सहमतिका बुँदाहरूलाई ऐनमा समावेश गर्ने गरी काम अगाडि बढाएका छौँ,’ महासङ्घले भनेको छ ।

प्रहरी दमनमा ६२ जना घाइते

आन्दोलनको २६औँ दिनमा प्रहरीको दमनका कारण ६२ जना आन्दोलनकारी घाइते भएको महासंघले जनाएको छ । आगामी दिनमा नयाँ ऐनमा सहमतिका बुँदाहरू समावेश गर्न र बाँकी मुद्दाहरू (आवधिक बढुवा, अस्थायी अवधि गणना, निवृत्तीभरण) सम्बोधन गर्न महासंघले निरन्तर पहल गर्ने जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register