दोहोरो नागरिकता नेपालले स्वीकार्दैन- सञ्चारमन्त्री गुरुङ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दोहोरो नागरिकतालाई नेपालले स्वीकार नगरेको प्रष्ट पारेका छन्। सोमबार प्रतिनिधिसभामा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१’ माथि भएको छलफलमा सांसदहरूले राखेको सुझावका विषयमा जवाफ दिँदै उनले गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको बताए। नेपाली नागरिकता त्याग गर्न […]

Mar 18, 2025 - 06:25
 0
दोहोरो नागरिकता नेपालले स्वीकार्दैन- सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दोहोरो नागरिकतालाई नेपालले स्वीकार नगरेको प्रष्ट पारेका छन्।

सोमबार प्रतिनिधिसभामा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१’ माथि भएको छलफलमा सांसदहरूले राखेको सुझावका विषयमा जवाफ दिँदै उनले गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको बताए।

नेपाली नागरिकता त्याग गर्न नचाहने गैरआवासीय नेपालीमूलका व्यक्तिलाई मात्र गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको उनको भनाइ छ ।

मन्त्री गुरुङले भने, ‘भावनामा नडुबी नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई नेपालले स्वीकारेको छैन, हामीले के नबुझौ भने गैरआवासीय नागरिकता प्राप्त व्यक्ति भनेर किन भन्नु परेको ? यो कुरा तपाईं हामी सबैले बुझ्नुपर्छ । उहाँहरूले प्राप्त गरेको नागरिकता हामीले प्राप्त गरेजस्तो साधारण होइन । त्योभन्दा भिन्न भएको हुनाले सहुलियतको रूपमा उहाँहरूलाई गैरआवासीय नागरिकता प्रदान गरेको छ। गैरआवासीय नागरिकता त्यस्ता व्यक्तिलाई दिएको छ जो नेपाली मुलको विदेशी नागरिक छ र त्यही बसेको छ, जस्ले हाम्रो नागरिकता त्याग नगर्ने कुरा गरेको छ ।’

सञ्चारमन्त्री गुरुङले विदेशमा बसेको नेपालीमुलका नेपाली नागरिकलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था गरिएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register