नेपाल बैंकको कल्याणपुर शाखामा चोरी

काठमाडौँ । नेपाल बैंक लिमिटेडको कल्याणपुर शाखामा चोरी भएको छ । बिहीबार मध्येराती सप्तरीको खडक नगरपालिका-७ मा रहेको बैंकको कल्याणपुर शाखामा चोरी भएको हो । बैंकबाट कम्प्युटर स्क्यानर दुई थान, ल्यापटप दुई थान, खुकुरी दुई थान, सर्ट गनमा लाग्ने कार्टिज २० राउण्ड, एक नाले १२ बोरको हतियार, सिमकार्ड एक थान, घडी दुई थान, मोबाइल पाँच […]

May 23, 2025 - 10:36
 0
नेपाल बैंकको कल्याणपुर शाखामा चोरी

काठमाडौँ । नेपाल बैंक लिमिटेडको कल्याणपुर शाखामा चोरी भएको छ । बिहीबार मध्येराती सप्तरीको खडक नगरपालिका-७ मा रहेको बैंकको कल्याणपुर शाखामा चोरी भएको हो ।

बैंकबाट कम्प्युटर स्क्यानर दुई थान, ल्यापटप दुई थान, खुकुरी दुई थान, सर्ट गनमा लाग्ने कार्टिज २० राउण्ड, एक नाले १२ बोरको हतियार, सिमकार्ड एक थान, घडी दुई थान, मोबाइल पाँच थान, मिनि स्पीकर एक थान र डिजिटल तराजु एक थान चोरी भएको छ ।

बैंकमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।  पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका-६ बिरपुर घर भएका २० वर्षीय अपसाद अन्सारी रहेका छन् ।

उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register