झापा गाउँपालिकाबाट लागुऔषधसहित दुई जना पक्राउ

झापा, ९ जेठ । झापाको झापा गाउँपालिकाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति झापा–४ सुकुम्बासी स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी गस्ति टोलीले शिवसताक्षी–४ का २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेरकुमार ताजपुरिया पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ साइकलमा आउदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा अनुरोध ताजपुरियाले [...] The post झापा गाउँपालिकाबाट लागुऔषधसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

May 23, 2025 - 04:27
 0
झापा गाउँपालिकाबाट लागुऔषधसहित दुई जना पक्राउ

झापा, ९ जेठ । झापाको झापा गाउँपालिकाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति झापा–४ सुकुम्बासी स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी गस्ति टोलीले शिवसताक्षी–४ का २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेरकुमार ताजपुरिया पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ साइकलमा आउदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा अनुरोध ताजपुरियाले लागाएको ट्रयाक सुटको दाहिने साइडको फेरमा लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिकसहित १ ग्राम १७० मिलिग्राम र प्लाष्टिक बाहेक ८०० मिलिग्राम फेला पारेको छ । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापा गाउँपालिकाबाट लागुऔषधसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register