संयुक्त पहिचानवादी मोर्चा मेचीनगर संयोजकमा तेजबहादुर कन्दङ्वा

मेचीनगर, ९ जेठ । संयुक्त पहिचानवादी मोर्चा मेचीनगर समिति गठन भएको छ । तेजबहादुर कन्दङवाको संयोजकत्वमा २३ सदस्यीय समिति गठन भएको हो । मेचीनगरको किरात याक्थुङ चुम्लुङ भवन इटाभट्टामा बिहीबार आयोजित एक कार्यक्रमका बीच मेचीनगर समिति गठन गरिएको संयुक्त पहिचानवादी मोर्चाका झापा संयोजक एलपी पालुङ्वाले जानकारी दिनुभयो । मेचीनगर समितिको सहसंयोजकमा कोपिला लावती, साधु मगर, [...] The post संयुक्त पहिचानवादी मोर्चा मेचीनगर संयोजकमा तेजबहादुर कन्दङ्वा appeared first on Jhapa Online.

May 23, 2025 - 04:39
 0
संयुक्त पहिचानवादी मोर्चा मेचीनगर संयोजकमा तेजबहादुर कन्दङ्वा

मेचीनगर, ९ जेठ । संयुक्त पहिचानवादी मोर्चा मेचीनगर समिति गठन भएको छ । तेजबहादुर कन्दङवाको संयोजकत्वमा २३ सदस्यीय समिति गठन भएको हो ।

मेचीनगरको किरात याक्थुङ चुम्लुङ भवन इटाभट्टामा बिहीबार आयोजित एक कार्यक्रमका बीच मेचीनगर समिति गठन गरिएको संयुक्त पहिचानवादी मोर्चाका झापा संयोजक एलपी पालुङ्वाले जानकारी दिनुभयो । मेचीनगर समितिको सहसंयोजकमा कोपिला लावती, साधु मगर, वेद राजवंशी, प्रकाश लावती, हर्क पंधाक, सन्तोष योङ्या, मानधोज लिम्बु, बमबहादुर योङ्या, सदस्य सचिवमा यामबहादुर साउदेन चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यमा अमर इजम, आशिष लिम्बु, सफल लिम्बु, भिम किराती, चन्द्रकला लिम्बु, रिता मेचे, संजिला तामाङ, उमा यक्पाङदेन, प्रदिप दनुवार, नन्द कमल लिम्बु, गणेश माया सुहाङ, आइन्द्र सेलिङ र सुम्निमा लावती चयन हुनुभएको छ ।

यस्तै, आरबि पालुङवा, चन्द्र लिम्बू, टीका इधिङ्गो, कृष्ण धुमी राई, मैनराज लिम्बू बोखिम र विरकुमार लिम्बू रहेको सल्लाहकार समिति समेत गठन गरिएको जिल्ला संयोजक पालुङ्वाले बताउनुभयो ।

The post संयुक्त पहिचानवादी मोर्चा मेचीनगर संयोजकमा तेजबहादुर कन्दङ्वा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register