बालेनले जापानी राजदूतसँग भने– काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाह नेपालका लागि जापानका राजदूत मायादा तोरूले भेटवार्ता गरेका छन् । बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो । भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो । कुराकानीका क्रममा प्रमुख शाहले काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गरे […]

May 1, 2025 - 08:55
 0
बालेनले जापानी राजदूतसँग भने– काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाह नेपालका लागि जापानका राजदूत मायादा तोरूले भेटवार्ता गरेका छन् । बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो ।

भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो ।

कुराकानीका क्रममा प्रमुख शाहले काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गरे । सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

राजदूत तोरूले, काठमाडौं र जापानका सहरहरूका बीचमा सहरी आचरणसम्बन्धी आपसी ज्ञान र सीप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register