पेस्तोल र गोलीसहित दुई जना पक्राउ

तनहुँ। आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका-७ गौरी नगर बस्ने ३२ वर्षीय बिजय तिवारी रहेका छन् । इलाका […]

May 22, 2025 - 13:04
 0
पेस्तोल र गोलीसहित दुई जना पक्राउ

तनहुँ।

आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका-७ गौरी नगर बस्ने ३२ वर्षीय बिजय तिवारी रहेका छन् ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register