आर्थिक रुपान्तरणका लागि राजनीतिक अभियान सञ्चालन गर्दै एकीकृत समाजवादी

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले जनताको आर्थिक रुपान्तरणका लागि राजनीतिक अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले सामाजिक, आर्थिक सुशासन, जनजीविका र रोजगारीलगायत जनताका आधारभूत मुद्दामा केन्द्रित भएर सबै स्थानीय तह, जिल्ला र प्रदेशमा अभियान सञ्चालन गर्न लागेको हो । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारा तय गरिएको अभियानमा वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिसहित […]

May 22, 2025 - 15:11
 0
आर्थिक रुपान्तरणका लागि राजनीतिक अभियान सञ्चालन गर्दै एकीकृत समाजवादी

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले जनताको आर्थिक रुपान्तरणका लागि राजनीतिक अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीले सामाजिक, आर्थिक सुशासन, जनजीविका र रोजगारीलगायत जनताका आधारभूत मुद्दामा केन्द्रित भएर सबै स्थानीय तह, जिल्ला र प्रदेशमा अभियान सञ्चालन गर्न लागेको हो ।

‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारा तय गरिएको अभियानमा वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिसहित पार्टीको तात्कालीक कार्य योजना र सङ्गठनात्मक विषयमा समीक्षा गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

अभियानमा जनताका अधिकारलाई सुसूचित गर्दै मुलुकको राजनीतिक चुनौती तथा उनीहरूलाई उत्पादन, प्रविधिका सीपबारे जानकारी गराउने, उद्यमशीलताका कार्यक्रममार्फत देश विकास गर्ने विषय समावेश छन् । यही जेठ दोस्रो सातादेखि सङ्गठन सुदृढीकरण तथा सदस्यता वितरण कार्ययोजनासहित अभियान सञ्चालन गरिनेछ ।

उक्त कार्यक्रमअन्तर्गत सम्बन्धित तहका प्रशासनिक क्षेत्रमा भए गरेका भ्रष्टाचार, सेवा प्रवाहमा ढिलासुस्ती, शिक्षा, स्वास्थ्य, सामाजिक विभेदलगायत विषयमा केन्द्रित रहेर छलफल गरिने जनाइएको छ । स्थानीय वडा, पालिका तथा प्रशासनमा सुधारका लागि पार्टी सङ्गठनले दबाब दिने कार्यक्रम छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register