हामी छिट्टै ठूलो आन्दोलनमा जाँदैछौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै ठूलो आन्दोलनमा जाने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी घटकहरुलाई एकै ठाँउमा ल्याएर छिट्टै ठूलो आन्दोलनमा जाने बताएका हुन् । प्रचण्डले आन्दोलन र क्रान्तिबाट मुलुकमा देखिएका समस्याहरुको समाधान गर्नतर्फ अग्रसर रहेको उल्लेख गरे । आफूहरुको आन्दोलन र क्रान्ति […]

May 1, 2025 - 13:01
 0
हामी छिट्टै ठूलो आन्दोलनमा जाँदैछौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै ठूलो आन्दोलनमा जाने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी घटकहरुलाई एकै ठाँउमा ल्याएर छिट्टै ठूलो आन्दोलनमा जाने बताएका हुन् । प्रचण्डले आन्दोलन र क्रान्तिबाट मुलुकमा देखिएका समस्याहरुको समाधान गर्नतर्फ अग्रसर रहेको उल्लेख गरे ।

आफूहरुको आन्दोलन र क्रान्ति शान्तिपूर्ण हुने उल्लेख गर्दै प्रचण्डले राज्यले बल प्रयोग गरेर दमन गर्न खोजे जनताको विद्रोहको अधिकारलाई कसैले रोक्न नसक्ने चेतावनी दिए ।

सरकारले सुशासनविरुद्ध र भ्रष्टाचारका पक्षमा गरेका कामलाई माओवादीले खबरदारी गरिरहेको उनले बताए । प्रचण्डले अहिलेको व्यवस्थालाई नै उल्टाउने प्रयास भएको भन्दै त्यस्ता प्रयासलाई प्ररास्त गरेरै छाड्ने धारणा राखे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register