लेखापढी कानुन व्यवसायीको नवौं राष्ट्रिय महाधिवेशन शुरू

ललितपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको नवौं राष्ट्रिय महाधिवेशन बिहीबार ललितपुरमा शुरू भएको छ । जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित सो समारोहका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नुभयो । सो अवसरमा सभामुख घिमिरेले एसोसिएसनले सेवा प्रवाहलाई सहज र सेवाग्राहीलाई दुःख र झझन्ट नदिने हिसाबले काम गर्नुपर्नेमा जोड दिनुभयो । देशभरका मालपोत, नापी, यातायातसहित न्यायिक, […]

May 2, 2025 - 02:06
 0
लेखापढी कानुन व्यवसायीको नवौं राष्ट्रिय महाधिवेशन शुरू

ललितपुर ।


नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको नवौं राष्ट्रिय महाधिवेशन बिहीबार ललितपुरमा शुरू भएको छ ।


जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित सो समारोहका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नुभयो । सो अवसरमा सभामुख घिमिरेले एसोसिएसनले सेवा प्रवाहलाई सहज र सेवाग्राहीलाई दुःख र झझन्ट नदिने हिसाबले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

देशभरका मालपोत, नापी, यातायातसहित न्यायिक, अर्धन्यायिक तथा सरकारी कार्यालयहरूमा लेखापढी व्यवसायीहरूले सरकारी सेवालाई सरल र सहज बनाउन सहयोग एसोसिएसनले पु¥याएको योगदानको पनि सभामुख घिमिरेले सराहना गर्नुभयो । सो अवसरमा महासंघका अध्यक्ष सीताराम दाहालले व्यवसायी संघको प्रमुख कार्य नै पेसागत सुरक्षा र व्यवसायीको हकहितको संरक्षण रहेको जनाउँदै एसोसिएसनले स्थापना कालदेखि जग्गा प्रशासन र सेवाको क्षेत्रमा सुशासन कायम गर्न आवाज बुलन्द गर्दै आएको बताउनुभयो ।

एसोसिएसनले मालपोत, नापीलगायतका कार्यालयलाई आधुनिकीकरण गर्न, अनलाइन सिस्टममा लैजान, कार्यालयलाई पेपरलेस बनाउन, कार्यालयबाट हुने अनियमिता रोक्न महत्वपूर्ण पहल र सहकार्य पनि गर्दै आएको पनि उहाँको भनाइ थियो ।
महाधिवेशनमा करिब आठ सय प्रतिनिधि सहभागी भएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register