टेनिस प्रतियोगिताको उपाधि आरभ र स्वस्तिकालाई

काठमाडौं । ११औं सिटिजन्स बैङ्क टेनिस सिङ्गल्स उपाधि आरभसम्राट हाडा र स्वस्तिका विष्टले जितेका छन् । शनिबार सम्पन्न प्रतियोगितामा आरभ पुरुष तथा स्वस्तिका महिलामा च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कोर्टमा भएको पुरुष सिङ्गल्स फाइनलमा आरभले निसान श्रेष्ठलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । आरभको समग्रमा तेस्रो सिनियर सिङ्गल्स […]

May 3, 2025 - 08:54
 0
टेनिस प्रतियोगिताको उपाधि आरभ र स्वस्तिकालाई

काठमाडौं । ११औं सिटिजन्स बैङ्क टेनिस सिङ्गल्स उपाधि आरभसम्राट हाडा र स्वस्तिका विष्टले जितेका छन् ।

शनिबार सम्पन्न प्रतियोगितामा आरभ पुरुष तथा स्वस्तिका महिलामा च्याम्पियन बनेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कोर्टमा भएको पुरुष सिङ्गल्स फाइनलमा आरभले निसान श्रेष्ठलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । आरभको समग्रमा तेस्रो सिनियर सिङ्गल्स उपाधि हो । यसअघि उनले गणेशमान सिंह टेनिस र माछापुच्छे टेनिसको उपाधि जितेका थिए ।

प्रतियोगितामा निहाल जङ्गबहादुर थापा र राजवीर प्रधान तेस्रो भए । आठौं र दसौं संस्करणका उपाधि विजेता प्रदीप खड्का भने क्वाटरफाइनलमै रोकिए । प्रदीपलाई राजवीरले क्वाटरफाइनलमा हराएका थिए ।

महिलाको उपाधि भिडन्तमा स्वस्तिकाले नवौं र दशौं संस्करणकी उपाधि विजेता अभिलाषा विष्टलाई सीधा सेटमा ६–१ र ६–३ ले हराइन् । ४ वर्षे टेनिस करिअरमा स्वस्तिकाको यो नै पहिलो सिनियर सिङ्गल्स उपाधि हो । आइशा डोल्कर गुरुङ र जेनी खड्काले तेस्रो स्थानमा चित्त बुझाइन् ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार पाएका छन् ।

प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । मिक्स डबल्समा आरभ र अभिलाषा, भेट्रान ३५ वर्षमाथि पुरुष सिङ्गल्समा जितेन्द्र परियार, ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दीक्षित, ४५ वर्षमाथि पुरुष सिङ्गल्समा कमलबहादुर भण्डारी तथा ४५ वर्षमाथि पुरुष डबल्समा कमल र सुमित मैनालीको जोडी विजेता बनेका छन् ।

सिटिजन्स बैङ्कको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस सङ्घले आयोजना गरेको प्रतियोगिताको ५५ वर्षमाथि पुरुष सिङ्गल्समा चन्द्र शाही, ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र र डेगेन्द्र श्रेष्ठ, ६५ वर्षमाथि पुरुष सिङ्गल्समा ध्रुवबहादुर गुरुङ तथा ६५ वर्षमाथि पुरुष डबल्समा धीर गुरुङ र मनोज राणाको जोडी पहिलो भए ।

विजेतालाई राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्द, नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुल, सिटिजन्स बैंकका सञ्चालकत्रय प्रकाश मैनाली, विजयध्वज कार्की र दिगविजय विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

वैशाख १४ गतेदेखि सुरु भएको प्रतियोगितामा १ सय ६३ खेलाडी सहभागी थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register