पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानबाट प्रजातान्त्रिक दुई योद्धा सम्मानित

बिर्तामोड, २० बैशाख । पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानबाट झापाका प्रजातान्त्रिक दुई योद्धा सम्मानित हुनुभएको छ ।्पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानको आयोजनामा आदर्श नागरिक सम्मान २०८१ बाट झापाको मेचीनगरका याम भण्डारी र भद्रपुरका दिव्यरत्न भुर्तेल सम्मानित हुनुभएको हो । दम्पति याम र सन्ध्या भण्डारी, दिव्यरत्न र सुभद्रा भुर्तेलाई संयुक्त रुपमा प्रमुख अतिथि [...] The post पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानबाट प्रजातान्त्रिक दुई योद्धा सम्मानित appeared first on Jhapa Online.

May 3, 2025 - 16:35
 0
पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानबाट प्रजातान्त्रिक दुई योद्धा सम्मानित

बिर्तामोड, २० बैशाख । पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानबाट झापाका प्रजातान्त्रिक दुई योद्धा सम्मानित हुनुभएको छ ।

पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानको आयोजनामा आदर्श नागरिक सम्मान २०८१ बाट झापाको मेचीनगरका याम भण्डारी र भद्रपुरका दिव्यरत्न भुर्तेल सम्मानित हुनुभएको हो । दम्पति याम र सन्ध्या भण्डारी, दिव्यरत्न र सुभद्रा भुर्तेलाई संयुक्त रुपमा प्रमुख अतिथि पूर्वमन्त्री महेश आचार्य, प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेत लगायतले उनीहरुलाई सम्मान गर्नुभएको थियो ।

मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम तत्कालीन राजा महेन्द्रलाई प्रदान गरेको विरोधमा आवाज उठाउँदा भण्डारी र भुर्तेलले चरमयातनासहित जेल जीवन भोग्नु परेको थियो ।

कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष राजकुमार पोखरेलले गर्नुभएको थियो भने सम्मानित व्यक्तित्वको परिचयमाथि प्रकाश प्रतिष्ठानका सचिव लक्ष्मण पार्नुभएको थियो ।

कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, बिर्तामोड नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, संविधान सभा सदस्य सुधिर शिवाकोटी लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सह–सचिव स्वस्तिका आचार्य गर्नुभएको थियो ।

The post पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानबाट प्रजातान्त्रिक दुई योद्धा सम्मानित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register