लागुऔषधसहित ७ जना पक्राउ

झापा, २० बैशाख । झापा, उदयपुर, सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र ब्राउनसुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते बिराटनगर महानगरपालिका-१६ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङको बेलबारी नगरपालिका-३ का २४ वर्षीय प्रवेश राईलाई ३ ग्राम २ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो भने इलाका [...] The post लागुऔषधसहित ७ जना पक्राउ appeared first on Jhapa Online.

May 3, 2025 - 16:11
 0
लागुऔषधसहित ७ जना पक्राउ

झापा, २० बैशाख । झापा, उदयपुर, सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र ब्राउनसुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख १९ गते बिराटनगर महानगरपालिका-१६ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङको बेलबारी नगरपालिका-३ का २४ वर्षीय प्रवेश राईलाई ३ ग्राम २ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङ बाट खटिएको प्रहरी टोलिले उर्लाबारी नगरपालिका-९ का २५ वर्षीय सुमन राईलाई निजकै घरबाट प्रतिबन्धित औषधि स्पास्मिट, ट्रमाडोल गरी २ सय २ ट्याब्लेट र ब्राउन सुगर १२ मिलिग्राम सहित नियन्त्रणमा लिन सफल भएको हो ।

त्यसैगरी, झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टाको प्रहरी टोलिले मेचिनगर नगरपालिका-६ का २९ वर्षीय दिपक मल्लिक,२५ वर्षीय सरोज दाहाल, २५ वर्षीय शौगात पोखरेल र २१ वर्षीय बिजय भुजेललाई १ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले उदयपुरको त्रियुगा नगरपालिका-१० का २१ वर्षीय अनमोल राईको घरबाट लागू औषध गाँजा २ सय ५९ ग्राम, औषधी कोलिवन र ट्रामाडोल गरी ७ सय ३६ ट्याब्लेट सहित नियनत्रणमा लिएको छ ।

The post लागुऔषधसहित ७ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register