सडक भासिएर बेपत्ता भएको गाडी अझै भेटिएन, खोजी जारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १६ गैरीगाउँ माछापोखरीमा सडक भासिएर बेपत्ता भएको गाडी शनिबार दिनभर खोजी गर्दा पनि फेला परेको छैन। प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा गाडी पत्ता लगाउन भासिएको खाल्डोको पानी सुकाएर खोजी गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए । डीएसपी अर्यालका अनुसार पानी सुकाउने क्रममा खाल्डो वरपरको माटो खसेर पुरिँदै […]

May 3, 2025 - 16:34
 0
सडक भासिएर बेपत्ता भएको गाडी अझै भेटिएन, खोजी जारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १६ गैरीगाउँ माछापोखरीमा सडक भासिएर बेपत्ता भएको गाडी शनिबार दिनभर खोजी गर्दा पनि फेला परेको छैन।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा गाडी पत्ता लगाउन भासिएको खाल्डोको पानी सुकाएर खोजी गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।

डीएसपी अर्यालका अनुसार पानी सुकाउने क्रममा खाल्डो वरपरको माटो खसेर पुरिँदै गएकाले खोजी कार्य थप चुनौतीपूर्ण बनेको छ। खाल्डोको छेउछाउमा जान सक्ने अवस्थासमेत नरहेको र बाँस डुबाउँदा पनि गाडीको कुनै भाग फेला नपरेको उनले बताए।

शुक्रबार दिउँसो गैरीगाउँको कच्ची सडकमा घाँस काट्ने मेसिन लिएर गइरहेका स्थानीय हरिराम राईको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी सडक भासिएर पानी जमेको खाल्डोमा डुबेको थियो।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार गाडी भासिएको करिब ५ सेकेन्डमै पानीमा पुरै डुबेको थियो। गाडी डुबेको ठाउँ नजिकै माछापालनका लागि खनिएको बोरिङ पनि भासिएकाले सोही कारण जमिन भासिन पुगेको अनुमान गरिएको छ। गाडीका चालक र सहचालक भने भागेर ज्यान जोगाउन सफल भएका थिए।

प्रहरीले स्थानीयको सहयोगमा आइतबार पनि बेपत्ता गाडीको खोजी कार्य जारी राख्ने जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register