पूर्वराष्ट्रपति भण्डारी भन्छिन्- व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था सुधार भएन

हेटौँडा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्थामा अझै पनि परिवर्तन आउन नसकेको बताएकि छिन् । शनिबार मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो वार्षिक साधारणसभालाई हेटौँडामा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले नागरिकको आवश्यकता अनुसारको विकास अहिलेको आवश्यकता भएको उनले बताइन् । भण्डारीले राजनीतिक परिवर्तन र संविधान समय समयमा बदल्दै आएता पनि जनताले महसुस गर्ने […]

May 4, 2025 - 03:31
 0
पूर्वराष्ट्रपति भण्डारी भन्छिन्- व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था सुधार भएन

हेटौँडा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्थामा अझै पनि परिवर्तन आउन नसकेको बताएकि छिन् ।

शनिबार मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो वार्षिक साधारणसभालाई हेटौँडामा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले नागरिकको आवश्यकता अनुसारको विकास अहिलेको आवश्यकता भएको उनले बताइन् । भण्डारीले राजनीतिक परिवर्तन र संविधान समय समयमा बदल्दै आएता पनि जनताले महसुस गर्ने गरी सामाजिक र आर्थिक रुपान्तरणको कार्यभार पूरा गर्न अझै बाँकी रहेको बताइन् । उनले भनिन्, ‘जननेता मदन भण्डारीको विचारलाई सबै राजनीतिक दलले पछ्याउँदै नागरिकको जीवनस्तर परिवर्तन गर्नुपर्छ ।’

२०४७ सालको संविधानमा मदन भण्डारीको २७ बुँदे आलोचनाकै जगमा नेपालमा राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उनले दावी गरिन् । ‘वर्गीय विविधतायुक्त समाजमा नागरिकको हितमा काम गर्ने र सधै जनतासँग जोडिएको राजनीतिक दल मात्र शासनमा पुग्ने गर्छ’, पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register