भद्रपुरमा दुर्घटना हुँदा एक युवाको मृत्यु

भद्रपुर, २२ बैशाख । झापाको भद्रपुरमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । गएराति ९ः३० बजे मेची राजमार्ग अन्तरगत चारआली–केचना सडकखण्डमा भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण बाहुनगाउँमा अनियन्त्रित भएर दुर्घटना हुँदा भद्रपुर–२ का ३५ वर्षीय अनिल लिम्बूको मृत्यु भएको हो । [...] The post भद्रपुरमा दुर्घटना हुँदा एक युवाको मृत्यु appeared first on Jhapa Online.

May 5, 2025 - 04:56
 0
भद्रपुरमा दुर्घटना हुँदा एक युवाको मृत्यु

भद्रपुर, २२ बैशाख । झापाको भद्रपुरमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

गएराति ९ः३० बजे मेची राजमार्ग अन्तरगत चारआली–केचना सडकखण्डमा भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण बाहुनगाउँमा अनियन्त्रित भएर दुर्घटना हुँदा भद्रपुर–२ का ३५ वर्षीय अनिल लिम्बूको मृत्यु भएको हो ।

स्कुटर चालक दमक नगरपालिका–२ का २९ वर्षीय रबिन फुयल सकुशल रहेका छन् । स्कुटर पछाडि सवार लिम्बूको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको थियो । लिम्बूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीका लागि विदेश जानका लागि बिर्तामोडको एक म्यानपावर पुगेर उनीहरू फर्किँदै थिए । लिम्बूलाई स्कुटर चालक फुयल घर छोड्न आएका थिए । वडा प्रहरी कार्यालय भद्रपुरले स्कुटर र स्कुटर चालक फुयललाई नियन्त्रणमा लिएको छ ।

The post भद्रपुरमा दुर्घटना हुँदा एक युवाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register