सातदोबाटो–हात्तीवन ओरालोमा ‘भयानक’ कार दुर्घटना, तीनजना घाइते

ललितपुर । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा भयानक कार दुर्घटना भएको छ । सडकमा रहेको बिजुलीको पोलमा कार ठोक्किएर आइतबार राति ११ बजेतिर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । दुर्घटनामा परी अमरध्वज पौडेल, विशाल विक र मुकेश लामिछाने घाइते रहेका छन् । म्याग्दी घर भएका ४० वर्षीय पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विक र सोही ठाउँका […]

May 5, 2025 - 05:04
 0
सातदोबाटो–हात्तीवन ओरालोमा ‘भयानक’ कार दुर्घटना, तीनजना घाइते

ललितपुर । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा भयानक कार दुर्घटना भएको छ । सडकमा रहेको बिजुलीको पोलमा कार ठोक्किएर आइतबार राति ११ बजेतिर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।

दुर्घटनामा परी अमरध्वज पौडेल, विशाल विक र मुकेश लामिछाने घाइते रहेका छन् । म्याग्दी घर भएका ४० वर्षीय पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विक र सोही ठाउँका २९ वर्षीय लामिछाने रहेको ललितपुर ट्राफिक प्रहरीले जनाएको छ ।

बा १५ च ७६५२ नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनाबाट कार कच्याककुचुक भएको छ भने बिजुलीको पोल उछिट्टिएर सडकसम्म पुगेको छ ।

घाइते तीन जनालाई नै अहिले बीएन्ड बीअस्पतालमा लगिएको बुझिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register