सेती नदीमा बेपत्ता युवकको शव सशस्त्र प्रहरीको  गोताखोरले निकाल्यो

काठमाडौँ।  कास्कीको पोखरा महानगरपालिका–१४ खाल्टेमसिना स्थित सेती नदीमा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । बाग्लुङ्ग जिल्लाको निसिखोला गाउँपालिका–३ घर भई हाल सोही महानगरपालिका स्थित मझेरीपाटन बस्ने १८ बर्षिय युवराज वि.क. सो नदीमा पौडी खेल्ने क्रममा वैशाख  २२ गते दिउँसो २:०० बजे  डुवेर बेपत्ता भएका  थिए । घटनाबारे जानकारी पाउनासाथ सशस्त्र […]

May 5, 2025 - 11:51
 0
 सेती नदीमा बेपत्ता युवकको शव सशस्त्र प्रहरीको  गोताखोरले निकाल्यो

काठमाडौँ। 

कास्कीको पोखरा महानगरपालिका–१४ खाल्टेमसिना स्थित सेती नदीमा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।

बाग्लुङ्ग जिल्लाको निसिखोला गाउँपालिका–३ घर भई हाल सोही महानगरपालिका स्थित मझेरीपाटन बस्ने १८ बर्षिय युवराज वि.क. सो नदीमा पौडी खेल्ने क्रममा वैशाख  २२ गते दिउँसो २:०० बजे  डुवेर बेपत्ता भएका  थिए ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले अन्दाजी १८ फिटको गहिराईबाट घटनाको करिब डेढ घन्टापछि उनको शव बाहिर निकालेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register