सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धनका लागि स्पार्क एडेभेञ्चर सुरु

ओखलढुंगा।   सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क कारको आयोजनामा आजदेखि तेस्रो स्पार्क एड्भेञ्चर सुरु भएको छ । आज काठमाडौँबाट कलाकार, उद्यमी, समाजसेवीलगायत २०० भन्दा बढी सहभागी टोली सोलुखुम्बुका लागि प्रस्थान गरेको हो । आजदेखि यही वैशाख २८ गतेसम्म सोलुखुम्बुको पात्तले गौरी टाप र ओखलढुंगाको रुम्झाटारमा  स्पार्क एडेभेञ्चरअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ […]

May 9, 2025 - 18:27
 0
सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धनका लागि स्पार्क एडेभेञ्चर सुरु

ओखलढुंगा। 

 सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क कारको आयोजनामा आजदेखि तेस्रो स्पार्क एड्भेञ्चर सुरु भएको छ । आज काठमाडौँबाट कलाकार, उद्यमी, समाजसेवीलगायत २०० भन्दा बढी सहभागी टोली सोलुखुम्बुका लागि प्रस्थान गरेको हो । आजदेखि यही वैशाख २८ गतेसम्म सोलुखुम्बुको पात्तले गौरी टाप र ओखलढुंगाको रुम्झाटारमा  स्पार्क एडेभेञ्चरअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ । 

‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा राजेश हमाल, क्याप्टे विजय लामा, राजु लामा, आस्था राउत, सुनिता दुलाललगायतका कलाकार सहभागी छन् । 

“दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवर्द्धन गर्दै ओझेलमा परेका पर्यटनीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको हो”,  स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भने, “सहभागीहरु विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्नुहुनेछ ।” काठमाडौँबाट सडकमार्फत एकै दिनमा पुग्न सकिने गौरीटाप सगरमाथालगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो । 

समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले प्रचुर पर्यटकीय सम्भावना भएको गन्तव्य हो । काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरी टाप नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा पर्छ । 

सत्ययुगमा माता गौरीले तपस्या गरेको यो स्थान धार्मिक दृष्टिले निकै महत्त्वपूर्ण रहेको मानिन्छ । माता गौरीले तपस्या गरेको स्थानमा रहेको शिलामा गौरी नामक गाईले दूध दिने क्रममा बाघले आक्रमण गरेको सो क्रममा गाईको टाप (खुर) ढुंगामा बसेकाले यस ठाउँको नाम गौरी टाप रहन गएको जनविश्वास छ । 

चारपांग्रे सवारीमै बसेर सगरमाथा हिमशृंखलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरी टाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो । यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशंकर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनगंगालगायतका हिमाल तथा चुचुराहरुको दृश्यावलोकन गर्न सकिन्छ । 

लालीगुँरासको घना जंगल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुँरास पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशंकर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छ । 

स्पार्क एड्भेञ्चरको पहिलो दिन आज काठमाडौँबाट पात्तले गौरी टापसम्म विद्युतीय सवारीमा यात्रा हुनेछ भने सो दिनको बसाइ गौरी टापमा टेन्ट क्याम्पमा  हुनेछ । 

दोस्रो दिन सूर्योदय र सो समयको सुनौलो हिमशृंखलाको दृश्यावलोकनपछि दिउँसो रुम्झाटारमा पुगिने छ । सोही दिन साँझ स्थानीय संस्कृतिसहित राष्ट्रिय कलाकारको प्रस्तुतिमा सांगीतिक कार्यक्रममा सहभागी पाहुना र स्थानीय रमाउनेछन् । सो दिन सहभागीहरु स्थानीय परिकारको स्वाद र रहनसहनमा रमाउँदै ओखलढुंगाको रुम्झाटारको होमस्टेमा रात बिताउनेछन् । यसबाट ग्रामीण पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको स्पार्क एड्भेञ्चरका संयोजक अमरदीप भट्टराई बताउनुहुन्छ ।

यसै ठाउँको नामबाट बनेको ‘घुमिफिरि रुम्झाटार’ उखान नेपाली जनजिब्रोमा प्रचलित छ । गुरुङ समूदायको बाहुल्य रहेको रुम्झाटार कुनै समय भेडापालन र राडीका लागि प्रख्यात थियो । यहाँ उत्पादन हुने भेडाको ऊनबाट बनेको राडी रुम्झाटार विमानस्थलबाट काठमाडौँसम्म पुर्‍याइन्थ्यो । 

तेस्रो दिन सहभागीहरु विद्युतीय सवारीमै काठमाडौँ फर्कने तालिका छ ।

प्रत्येक वर्ष प्रचूर पर्यटकीय सम्भावना भएका तर ओझेलमा परेका गन्तव्य तथा गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क एड्भेञ्चर आयोजना हुँदै आएको छ । स्पार्क कारले पहिलो वर्ष सन् २०२२ मा लमजुङको भुजुङमा भीरमौरीको मह शिकार अवलोकनलाई प्रवर्द्धन गरेको थियो भने दोस्रो संस्करणमा सन् २०२३ मा ‘वाइल्ड स्टे विथ चौँरी’ थिममा दोखला र रामेछापको सीमानामा रहेको शैलुङको पर्यटन प्रवर्द्धन गरेको थियो ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले यात्रुहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित विभिन्न प्रकारका सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register