दुवै सदनमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज (मङ्गलबार) पनि बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १२:१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै […]

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज (मङ्गलबार) पनि बस्दैछ ।
प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १२:१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा सोमबारदेखि छलफल सुरु भएको हो ।
What's Your Reaction?






