अर्थमन्त्री पौडेलले प्रचण्डसँग लिए बजेट निर्माणबारे परामर्श

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा मङ्गलबार बिहान भेटवार्ता भएको हो । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेता प्रचण्डसँग विमर्श गरेको उनको सचिवालयले जनाएको […]

May 6, 2025 - 05:04
 0
अर्थमन्त्री पौडेलले प्रचण्डसँग लिए बजेट निर्माणबारे परामर्श

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा मङ्गलबार बिहान भेटवार्ता भएको हो ।

आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेता प्रचण्डसँग विमर्श गरेको उनको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार प्रतिनिधिसभामा सरकारले ल्याएको नीति तथा कार्यक्रमको आलोचना गरेका थिए । उनले परम्परा धान्न मात्र नीति तथा कार्यक्रम आएको टिप्पणी गरेका थिए ।

नीति तथा कार्यक्रममाथिको छलफल ससद्मा मङ्गलबार पनि जारी रहने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register