गोकर्णेश्वर नगरपालिकाले लागूऔषध दुर्व्यसनीलाई नि:शुल्क पुनर्स्थापना केन्द्रमा राख्ने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले लागूऔषध दुरुपयोगविरुद्ध नियन्त्रण, नियमन र न्युनिकरण गर्न बृहत् कार्यक्रम ल्याउने तयारी गरेको छ । सोमबार लागूऔषध दुर्व्यसनी उपचार तथा पुनर्स्थापना केन्द्रसँगको छलफलमा मेयर दीपककुमार रिसालले लागूऔषधको बिक्री वितरण, ओसारपसार र प्रयोगकर्ताहरू कम गर्न नगरपालिकाले चाँडै आवश्यक कार्यक्रम ल्याउने बताए । उनले यसको न्युनिकरण र नियमन गर्न छुट्टै लागूऔषध र मादक पदार्थ […]

Feb 25, 2025 - 11:11
 0
गोकर्णेश्वर नगरपालिकाले लागूऔषध दुर्व्यसनीलाई नि:शुल्क पुनर्स्थापना केन्द्रमा राख्ने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले लागूऔषध दुरुपयोगविरुद्ध नियन्त्रण, नियमन र न्युनिकरण गर्न बृहत् कार्यक्रम ल्याउने तयारी गरेको छ ।

सोमबार लागूऔषध दुर्व्यसनी उपचार तथा पुनर्स्थापना केन्द्रसँगको छलफलमा मेयर दीपककुमार रिसालले लागूऔषधको बिक्री वितरण, ओसारपसार र प्रयोगकर्ताहरू कम गर्न नगरपालिकाले चाँडै आवश्यक कार्यक्रम ल्याउने बताए ।

उनले यसको न्युनिकरण र नियमन गर्न छुट्टै लागूऔषध र मादक पदार्थ नियन्त्रण समिति नै बनाएर अघि बढ्ने बताए । मेयर रिसालकाअनुसार ७५३ स्थानीय तहमध्ये यस्तो कार्यक्रम ल्याउने गोकर्णेश्वर नगरपालिका पहिलो हो ।

पालिकालाई लागूऔषध मुक्त बनाउन प्रहरी, पुनर्स्थापना केन्द्र, युवा क्लब लगायतका सङ्घसंस्थासँग समन्वय गरेर लागूऔषध कारोबार र बेचबिखन गर्ने जो कोहीलाई कानुनको दायरमा ल्याउन स्टिङ अपरेसन नै सञ्चालन गर्ने र दुर्व्यसनीलाई उपचार तथा पुनर्स्थापना केन्द्रसम्म पठाउने नगरपालिकाको योजना रहेको छ ।

लागूऔषधको कुलतमा फस्नै नदिन स्कूल, कलेज, समुदाय, अभिभावकमा व्यापक सचेतना कार्यक्रम गर्ने र कुलतमा फसिसकेका छन् भने नगरपालिकाले निःशुल्क स्वास्थ्य परीक्षण गरी पुनर्स्थापना केन्द्रमा पठाउने र उनीहरूलाई नगरपालिकाले निःशुल्क नै सीपमूलक तालिम दिने पनि मेयर रिसालले जानकारी दिए ।

नगरपालिकाका लागूऔषध नियन्त्रण समिति संयोजक शिव श्रेष्ठले उपचार तथा पुनर्स्थापना केन्द्रमा रहेकाहरूको वर्गीकरण गरी सोहीअनुसारको उपचार योजना बनाएर अघि बढ्न सम्बन्धित संस्थालाई निर्देशन दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register