कर्णालीमाथि एपीएफको जित, दीपकको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लबले कर्णाली प्रदेशललाई पराजित गरेको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी खेलमा एपीएफले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । १९० रनको लक्ष्य एपीएफले ३९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । एपीएफको जितमा दीपक बोहराले अर्धशतकीय पारी खेले । ६७ बलमा ८ चौका र ४ छक्का […]

Mar 16, 2025 - 09:59
 0
कर्णालीमाथि एपीएफको जित, दीपकको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लबले कर्णाली प्रदेशललाई पराजित गरेको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी खेलमा एपीएफले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।

१९० रनको लक्ष्य एपीएफले ३९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।

एपीएफको जितमा दीपक बोहराले अर्धशतकीय पारी खेले । ६७ बलमा ८ चौका र ४ छक्का प्रहार गरेका दीपक ७० रनमा अविजित रहे । सुमित महर्जन भने ३४ रनमा अविजित रहे ।

यसअघि, टस जितेर ब्याटिङ रोजेको कर्णाली ४७ ओभरमा १८९ रनमा अलआउट भएको हो । दीपेन्द्र रावत र दीवान पुनले २–२ तथा प्रकाश जैसीले १ विकेट लिए ।

कर्णालीका लागि सुनिल धमलाले ४७ रन बनाए । दीनेश अधिकारीले ३० रन बनाउँदा दीपेन्द्र रावत भने ३० रनमा अविजित रहे ।

एपीएफका लागि अभिषेक गौतमले ४ विकेट लिए । कमल ऐरीले २ तथा किशोर महतो, रोहित पौडेल, भुवन कार्की र दीपक बोहराले १–१ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register