स्वर्णिम वाग्लेले भनेझैँ गभर्नरका लागि अर्बौंको चलखेल भएको हो ? 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा अर्बौंको चलखेल भएको आरोप लगाएका छन् । पूर्वी नवलपरासीस्थित रजहरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै वाग्लेले यस्तो गभर्नरका लागि अर्बौंको चलखेल भएको आरोप लगाएका हुन् । यतिसम्म कि उनले सत्तामा रहेका नेपाली काँग्रेस र एमाले दुवै दलबीच बिचौलियामार्फत गभर्नर नियुक्ति गराउने विषयमा […]

May 11, 2025 - 04:52
 0
स्वर्णिम वाग्लेले भनेझैँ गभर्नरका लागि अर्बौंको चलखेल भएको हो ? 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा अर्बौंको चलखेल भएको आरोप लगाएका छन् । पूर्वी नवलपरासीस्थित रजहरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै वाग्लेले यस्तो गभर्नरका लागि अर्बौंको चलखेल भएको आरोप लगाएका हुन् ।

यतिसम्म कि उनले सत्तामा रहेका नेपाली काँग्रेस र एमाले दुवै दलबीच बिचौलियामार्फत गभर्नर नियुक्ति गराउने विषयमा प्रतिस्पर्धा चलेको आरोप लगाएका छन् । 

अहिले गभर्नरमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा दुई दलबीच कुरा नमिलेको भन्दा पनि बिचौलियाबीच कुरो नमिलेको वाग्लेले बताएका छन् । उनले क्षमतावानलाई भन्दा पनि अर्थतन्त्रकै विषयमा ज्ञान नभएकालाई राष्ट्र बैंकको गभर्नर बनाउने चर्चा सुरु भइसकेको बताएका छन् ।

त्यस्तै, उनले राष्ट्र बैंकजस्तो संवेदनशील निकायको नेतृत्व नियुक्त गर्ने विषय बिचौलियामा पुगेर अड्कनु र गभर्नर पदलाई अत्याधिक राजनीतिकरण गरिनु राष्ट्र बैंक, सरकार र मुलुकको अर्थतन्त्रकै लागि सही नहुने बताएका छन् । 

यसो त वाग्लेले भनेझैँ गभर्नरका लागि बिचौलिया लागि परेको चर्चा गभर्नर नियुक्तिको प्रक्रिया सुरु भएदेखि नै चलेको थियो । अझ गभर्नरका लागि १०० करोडको ‘डिल’ भएको चर्चा पनि चलेको थियो । यसै पनि नेपालमा हुने हरेक नियुक्तिमा आर्थिक चलखेल हुन्छ भन्ने विषय ‘ओपन सेक्रेट’ नै छ । अझ गभर्नरका लागि क्षमतावान थुप्रै उम्मेदवार हुँदाहुँदै अझै पनि सरकारले गभर्नर नियुक्त गर्न नसक्नुले गभर्नर नियुक्तिमा बिचौलियाबीच कुरा नमिलेको र आर्थिक चलखेल भएको आरोपमा थप बल दिएको छ । 

राष्ट्र बैंक ऐनअनुसार सरकारले राष्ट्र बैंकको गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिना अघि नै नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्थ्यो । तर, हाल तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको एक महिना बित्न लाग्दा पनि गभर्नर नियुक्तिको टुंगो लागेको छैन । यसले मुलुकलाई अर्को संकटतर्फ धकेल्न सक्ने जानकारहरु बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register