‘६५ वर्षसम्म भारतले सहनशीलता देखायो, तर पाकिस्तानले इन्डस जल सन्धि उल्लंघन गरिरह्यो’- विक्रम मिस्री

काठमाडौँ । भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बोल्दै पाकिस्तानले बारम्बार इन्डस जल सन्धिको उल्लंघन गरेको आरोप लगाउँदै भारतले विगत ६५ वर्षसम्म अत्यधिक संयमता देखाएको बताएका छन् । उनले प्रष्ट पारे कि भारतले पछिल्ला २.५ वर्षमा पाकिस्तानसँग सन्धिमा संशोधनबारे संवाद गर्न धेरै पटक आग्रह गरेको भए पनि पाकिस्तानले बारम्बार कानुनी अवरोधहरू सिर्जना गरेर वार्ताबाट […]

May 13, 2025 - 07:44
 0
‘६५ वर्षसम्म भारतले सहनशीलता देखायो, तर पाकिस्तानले इन्डस जल सन्धि उल्लंघन गरिरह्यो’- विक्रम मिस्री

काठमाडौँ । भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बोल्दै पाकिस्तानले बारम्बार इन्डस जल सन्धिको उल्लंघन गरेको आरोप लगाउँदै भारतले विगत ६५ वर्षसम्म अत्यधिक संयमता देखाएको बताएका छन् ।

उनले प्रष्ट पारे कि भारतले पछिल्ला २.५ वर्षमा पाकिस्तानसँग सन्धिमा संशोधनबारे संवाद गर्न धेरै पटक आग्रह गरेको भए पनि पाकिस्तानले बारम्बार कानुनी अवरोधहरू सिर्जना गरेर वार्ताबाट पन्छिने रणनीति अपनाएको छ । मिस्रीले भने, ‘हामीले पटक-पटक पत्राचारमार्फत सरकार स्तरीय संवादको आग्रह गर्यौं, तर पाकिस्तानले कुनै सकारात्मक प्रतिक्रिया दिएको छैन ।’

परराष्ट्र सचिवले थपे, ‘भारतले सन्धिलाई सम्मान गर्दै अनेकौं युद्ध र उक्साहनका बीच पनि आफ्नो कर्तव्य निभायो। पश्चिमी नदीहरूमा भारतको वैध अधिकार प्रयोग गर्न खोज्दा पाकिस्तानले कानुनी बाधाहरू खडा गर्दै निरन्तर अवरोध पुर्याएको छ । यस्तो अवस्थामा पनि भारत ६५ वर्षसम्म सन्धिमा अडिग रहनु सहनशीलताको उदाहरण हो ।’

मिस्रीले बदलिँदो जनसांख्यिकीय अवस्था, जलवायु परिवर्तन, स्वच्छ ऊर्जाको आवश्यकता र पाकिस्तानबाट जम्मु-कश्मीरमा फैलिएको आतंकवादले पनि भारतको सन्धिमा उल्लेख गरिएका अधिकार प्रयोग गर्न बाधा पुर्याएको उल्लेख गरे । उनका अनुसार अब पाकिस्तानले स्पष्ट रूपमा आतंकवादको समर्थन परित्याग नगरेसम्म सन्धिलाई अमान्य अवस्थामा राख्ने निर्णय भारतले लिएको हो। पहलगाम आतङ्कवादी हमलामा २६ जनाको ज्यान गएपछि भारतले यो कदम चालेको हो ।

सन् १९६० मा हस्ताक्षर गरिएको इन्डस जल सन्धिले भारतलाई पूर्वी नदीहरू (रावी, व्यास, सतलज) को प्रयोग अधिकार दिन्छ भने पाकिस्तानलाई पश्चिमी नदीहरू (सिन्धु, झेलम, चिनाब) सुम्पिएको छ । यद्यपि, सन्धिले केही सीमा भित्र दुवै देशलाई अर्काको नदीको उपयोग गर्ने सुविधा दिएको छ । यस प्रणालीबाट भारतलाई २० प्रतिशत र पाकिस्तानलाई ८० प्रतिशत जल उपयोगको व्यवस्था गरिएको छ ।

भारतको पछिल्लो निर्णयले अब सन्धिको भविष्यबारे पुनः गम्भीर समीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । भारतले सन्देश दिएको छ– ‘आतङ्कवाद र जलस्रोतको सहकार्य सँगसँगै चल्न सक्दैन ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register