प्रदेश सरकारले ल्याउँदैछन् आज नयाँ बजेट

काठमाडौं । नेपालका सबै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दैछन्। संविधानअनुसार, प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। आइतबार साँझसम्म सातै प्रदेशका आर्थिक मामिला मन्त्रीहरूले आ-आफ्नो प्रदेश सभामा आय-व्ययको विस्तृत विवरणसहितको बजेट प्रस्तुत गर्नेछन्।  सुदूरपश्चिम प्रदेश: सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१/८२ को हाराहारीमा नै यस […]

Jun 15, 2025 - 02:50
 0
प्रदेश सरकारले ल्याउँदैछन् आज नयाँ बजेट

काठमाडौं । नेपालका सबै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दैछन्। संविधानअनुसार, प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। आइतबार साँझसम्म सातै प्रदेशका आर्थिक मामिला मन्त्रीहरूले आ-आफ्नो प्रदेश सभामा आय-व्ययको विस्तृत विवरणसहितको बजेट प्रस्तुत गर्नेछन्।

 सुदूरपश्चिम प्रदेश:
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१/८२ को हाराहारीमा नै यस वर्षको बजेट ल्याउने तयारी गरेको छ। गत वर्ष २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको सुदूरपश्चिमले यस वर्ष पनि करिब त्यही आकारको बजेट ल्याउनेछ। आज साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

लुम्बिनी प्रदेश:
लुम्बिनी प्रदेश सरकारले करिब ३२ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। जबकि, गत आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनीले ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो। यस वर्ष बजेटको सिलिङ ३२ अर्ब तोकिएको थियो। लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बजेट प्रस्तुतीका लागि बोलाइएको छ।

बागमती प्रदेश:
संघीय राजधानीसमेत रहेको बागमती प्रदेशले करिब ६८ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा बागमतीले ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको थियो। आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गरिनेछ।

मधेश प्रदेश:
मधेश प्रदेशले गत आर्थिक वर्ष २०८१/८२ मा ४४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो। यस वर्षको बजेटको आकार भने हालसम्म सार्वजनिक भएको छैन।

कोशी प्रदेश:
कोशी प्रदेशले गत आर्थिक वर्ष २०८१/८२ मा ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।

गण्डकी प्रदेश:
गण्डकी प्रदेशले गत आर्थिक वर्ष २०८१/८२ मा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।

नेपालको संविधानअनुसार, केन्द्रीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। यसरी प्रदेश सरकारहरूले आज प्रस्तुत गर्ने बजेटले आउँदो आर्थिक वर्षमा प्रदेशको विकास प्राथमिकता, आयोजनाहरू, र वित्तीय रणनीतिहरू निर्धारण गर्नेछन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register